.


.

aaaaaaaaaaaa

  • Bikash Shah

    दु:खनै दु:ख हो जिन्दगी !सुख त केवल सपना मात्र हो! आँशु नै आँशु हो जिन्दगी ! हासो त केवल कल्पना मात्र हो !

  • Bikash Shah

    पहाडको छोरो भनि गीत गाउनु कसरी खै ढाका टोपी यो शिरमा अब लाउनु कसरी खै ||

  • सुख भए साथ हुने

    सुख भए साथ हुने दु:ख हुँदा गुफा पस्ने रैछौ तिमी दुई दिन माया गर्ने अलि पछी छुरा धस्ने रैछौ तिमी || आफ्नो स्वार्थ हुँदा सम्म आकाशको तारा पनि झार्ने भन्यौ स्वार्थ पुरा भए पछी काली नाग जस्तो डस्ने रैछौ तिमी ||

Friday, December 30, 2011

पहाडको छोरो भनि



पहाडको छोरो भनि गीत गाउनु कसरी खै
ढाका टोपी यो शिरमा अब लाउनु कसरी खै ||

जहाँ जान्छु आज भोलि मधेशको कुरा आउछ
हाम्रो पनि अलिकति भाग पाउनु कसरी खै ||

कालो गोरो छाला फरक सोच्ने हरु धेरै यहाँ
हामी एकै जनता भनि मुख बाउनु कसरी खै ||

राष्ट्र सेवा गर्ने धोको मलाइ पनि लागेको हो
जंगी अड्डा हाम्रो भनि हामी धाउनु कसरी खै ||

एउटा सिंगो राष्ट्र हाम्रो दुई टुक्रा भए पछी
लेक बाट बेँसी तिर अब आउनु कसरी खै ||

घर मेरो पहाडमा जग्गा चै छ तराइमा
पाहाडीको गोरुले त्यो खेत साउनु कसरी खै||

विरताले भरिएको राज्य हाम्रो ध्वस्त हुँदा
अब हामी बिर भनी खुशी छाउनु कसरी खै ||


"बिकाश "(घायल)

सुख भए साथ हुने


सुख भए साथ हुने दु:ख हुँदा गुफा पस्ने रैछौ तिमी
दुई दिन माया गर्ने अलि पछी छुरा धस्ने रैछौ तिमी ||

आफ्नो स्वार्थ हुँदा सम्म आकाशको तारा पनि झार्ने भन्यौ
स्वार्थ पुरा भए पछी काली नाग जस्तो डस्ने रैछौ तिमी ||

जोरी शत्रु मास्नु पर्छ तिमी आउ संग संगै भनी आज
बैरी सामु मलाई अघि बढाई आफु पछी बस्ने रैछौ तिमी ||

जे छ तिम्रो खुसी छु म मायामा त धनि गरिब हुन्न भनी
जसले पैसा देखाउछ उसै तिर छिटै फस्ने रैछौ तिमी ||

तिमी मेरो दिलको राजा तिमीलाई काट्दा मलाई दुख्छ भन्थ्यौ
यो ज्यानमा घाउ लाग्दा मलम होइन चुक घस्ने रैछौ तिमी ||


"बिकाश"(घायल)

तिम्रो यादमा धेरै गल्दै गाको छु म


तिम्रो यादमा धेरै गल्दै गाको छु म
आफ्नै मनको ताप्ले जल्दै गाको छु म !!

खाटा बसी सकेको घाउ बल्झिएर
मुर्छित भइ फेरी ढल्दै गाको छु म !!

हासो भन्दा आँशु धेरै बर्सी दिदा
खुसी भेट्ने बाटो छल्दै गाको छु म !!

जिन्दगीले आपंग नै पारे पछी
घिर्सियर अघि चल्दै गाको छु म !!

अमृत फल्ने हाँगा हरु ओइली जादा
बिष सरी आज फल्दै गाको छु म !!

"बिकाश"(घायल)

तिम्ले साथ छोडेर म

तिम्ले साथ छोडेर म एक्लो हुने छैन अब
तिमी जस्तो धोकेबाज सम्झी रुने छैन अब !!

जती माया गर्नु थियो सबै गरि सके तिम्लाई
भुलेरनी त्यो तस्बिर@@तिम्रो छुने छैन अब !!

तिमी गयौं तिमी संगै चोट पिडा पठाई दिए
सम्झिएर आँशुले यो मन धुने छैन अब !!


"बिकाश"( घायल )

बिकासको ज्वाला फुटाउ


बिकासको ज्वाला फुटाउ साथमा नै हुन्छु नि म
तिमी अघि बढ्छु भन तिम्रो हात छुन्छु नि म !!

लुटिएको भूमी हाम्रो फिर्ता गर्छु भन तिमी
देश द्रोही जती सबै झिर भित्र उन्छु नि म !!

भ्रष्टचार अन्त्य गरि समुन्नत राष्ट्र बनाऊ
लुटि खाने समाउँन माहा जाल बुन्छु नि म !!

सयौ बर्ष फैली राको ति दुर्गन्ध एका एक
रगत हैन विवेकको खोलि बगाई धुन्छु नि म !!

तिमीमाथि आपत् बिपत् आई परे कहिँ कतै
हाँस्दा तिमी सँगै हाँस्छु, रुँदासँगै रुन्छु नि म !!



बिकाश ( घायल )

Wednesday, December 28, 2011

"ब्रजपातको पर्खाल ढालेर"


ब्रजपातको पर्खाल ढालेर हिड्न खोज्दै छु
फाटेको यो जिन्दगी टालेर हिड्न खोज्दै छु ll

हजारौ ति आशाका कोपिला गर्भ मै ओइलिदा
नयाँ आशा दिलमा पालेर हिड्न खोज्दै छु ll

जिन्दगीको हरेक चाहना शिशा झैँ फुटेर
चोट पिडा मनमा गालेर हिड्न खोज्दै छु ll

सारा सपना भुसको आगो झैँ दन्किदा
जलेका ती सपना फालेर हिड्न खोज्दै छु ll

जीवन मेरो भएछी औशीको अँधेरी सरह
रोशनी खोज्न दियालो बालेर हिड्न खोज्दै छु ll


"बिकाश "(घायल)

बैरी सामु नझुकेको शिर


बैरी सामु नझुकेको शिर हाम्रो झुक्ने भयो
कैदीलाई नी सहिद मै गन्दा सबले थुक्ने भयो ll

जनता भन्दा मन्त्रि धेरै बनाउन थाले पछी
ढुंगा जस्तो रास्ट्र पनि एका एक चुक्ने भयो ll

समुन्नत सु सम्पन त्यो नेपाल हेर्ने सपना
फल्न फुल्न नपाउदै गर्वमा नै सुक्ने भयो ll

भिर बाट लड्ने देखि झुण्डी मर्ने सहिद रे
लास देख्दा स्याल गिद्ध सबै आज लुक्ने भयो ll

ज्यानमारा चोर ठग सबै नेता भए पछी
कुकुरले नी सदस्यता देउ भनी भुक्ने भयो ll



बिकाश (घायल)

आफ्नै बाट धोका खाइ


आफ्नै बाट धोका खाइ एक्लो भा'को मान्छे हजुर
सधै भरि बिछोडको गीत गा'को मान्छे हजुर ll

दिन रात देवी सरी पुजी मुटु भित्र राख्दा
कैले भुल्न नसकने चोट पा'को मान्छे हजुर ll

मेरो माया जति सबै पापीनीले लुटे पछि
रित्तो दिल बोकी जोगी हुन ला'को मान्छे हजुर ll

स्वार्थि यो संसारमा स्वार्थ हेर्न नसकेर
आउदा नै जाने पनि कसम खा'को मान्छे हजुर ll

हरपल तड्पिएर बाँच्नु भन्दा मर्छु भनी
यमराज कहाँ मृत्यु माग्न धा'को मान्छे हजुर ll

(बिकाश) "घायल "

मेरो माया चटक्कै मारेर


मेरो माया चटक्कै मारेर गयौं रातो डोलीमा l
चरीले झैँ बसाइ नै सारेर गयौं रातो डोलीमा ll

हात समाई मायाको सागर संगै तर्ने भन्दै l
मलाई वारी घाटमै झारेर गयौं रातो डोलीमा ll

सातै जुनी चखेबा जोडी झैँ बिताउने हो भनी l
आज एक्ले बर झैँ पारेर गयौं रातो डोलीमा ll

तिमी मेरो दिलको राजा हो भनि कसम खाएर l
भेट्न जाने बाटो नै बारेर गयौं रातो डोलीमा ll

जिन्दगीमा खुसीको सुनामी ल्याउने छु भनेर l
घाइते पारि मुटु नै फारेर गयौं रातो डोलीमा ll


"बिकाश"(घायल)

संगै बसी मनका कुरा


संगै बसी मनका कुरा गरौँ झैँ लाग्यो
मुटु भरि तिम्रै माया भरौं झैँ लाग्यो ll

हाम्रो भेट हुने दिन टाडीदै जादा
तिम्रै गाउँ तिर बसाइ सरौं झैँ लाग्यो ll

कता कता मौलाउदै गरेको माया
त्यो दिलको कुना कानी छरौ झैँ लाग्यो ll

अब सबै अतितका संसार भुली
सातै जुनी तिम्रै भर परौ झैँ लाग्यो ll

तिमीलाई बचनको डोरीले बाधी
संगै बाची संग संगै मरौ झैँ लाग्यो ll


"बिकाश"(घायल)...

Thursday, December 22, 2011

"साथ खोज्दा"


साथ खोज्दा मुटुमा झन पिडा भर्दै छन्

आलो घाउमा मलम भन्दै चुक छर्दै छन् ll


मनोरम संसार त्यो देखाई दिन्छु भन्दै

झन दु:खको भारी बोकाई घात गर्दै छन् ll


यो घायल दिल संग नाता गास्छु भनि

घर न घाट मलाइ पारि अन्त सर्दै छन् ll


जोडी ढुकुर हुने भन्दै धोका दिंदा आज

अब सारा बाच्ने मेरा आशा मर्दै छन् ll


घातिले त ब्रजपात गरि गयो गयो

दैबले नी किन मेरै खुशी हर्दै छन् ll


"बिकाश "(घायल

Monday, December 19, 2011

ल्यापटप किन्दा ध्यान दिनुपर्ने कुराहरु

सूचना प्रविधिको द्रुत विकास, इलेक्ट्रोनिक सामानको सुलभता र नेपालमा बढ्दो लोडसेडिङको कारणले पनि हुन सक्छ, केही वर्ष अघिसम्म डेस्कटप कम्प्युटरले काम चलाइरहेका (शहरिया) आम उपभोक्ताको पहुँच ल्यापटप कम्प्युटरमा पुगिसकेको छ । एक दशक पनि बितेको छैन, नाम चलेको ब्राण्डको डेस्कटप कम्प्युटर खरीद गर्न आधा लाख हाराहारीको बजेट विनियोजन गर्नु पर्दथ्यो तर आज सोही मूल्यमा अफिस वा दैनिक कामकाजको लागि उत्तम मानिने ल्यापटप बजारमा पाइन्छ । बजारमा डेल, एचपी कम्प्याक, सोनी, लेनेभो, एमएसआई, ह्यासी आदि ब्राण्डका ल्यापटप पाइन्छ ।

ल्यापटप खरिद गर्नुअघि ध्यान नपुर्‍याउने हो भने ब्राण्डकै कारणले वा अनावश्यक हार्डवेयर जडान गरिएको कारणले मूल्य बढी तिर्नुपर्ने वा आफ्नो आवश्यकतासँग मेल नखाने पनि हुन सक्दछ । आउनुहोस्, साधारणतया ल्यापटप खरिद गर्नुअघि के–के कुरामा बिचार गर्नु पर्दछ, त्यसबारे कुरा गरौं ।

तौल: साधारणतया ल्यापटपको तौल र यसको मूल्य व्युतक्रमानुपातिक हुन्छ । अफिस वा घरमा दैनिक प्रयोगको लागि उपयुक्त मानिने सानो स्क्रीन भएका, सस्ता ल्यापटपहरु हलुका हुन्छन् । गेमिङ सिरिज कम्प्युटरमा गेम खेल्नको लागि उपयुक्त मानिने, मल्टीमिडीया (ग्राफिक्स, थ्री डी भिडियो आदि) जस्ता विशेष प्रयोजनको लागि खरिद गरिने ल्यापटपहरु त्यसमा भएको हार्डवेयरको कारणले गह्रुङ्गा हुन्छन् । त्यसैले आफुले खरिद गर्न लागेको ल्यापटप कुन प्रयोजनको लागि लिन लागेको हो, सोही कुरा दृष्टिगत गर्दै बिक्रेताले मेमोरी पनि बढाएर बिक्री गर्ने गर्दछन् ।

यस्तोमा तपाईंको बजेट ७ हजारदेखि र १५ हजारसम्म बढ्न सक्दछ । कोर आई सेभेन प्रोसेसर गेमिङ सिरिज तथा मल्टीमिडिया सिस्टमको लागि उपयुक्त हुन्छ । प्रोसेसरले कम्प्युटर एप्लीकेशन तथा प्रयोगकर्ताले दिएको कमान्डलाई कम्प्युटरको भाषामा प्रोसेस (एक्जीक्युट) गर्ने गर्दछ भनें मेमोरीले चलिरहेका प्रोग्राम स्टोर गरेर राख्ने गर्दछ । तसर्थ, कम्प्युटरमा प्रोसेसरमात्र बढाएर हुँदैन, मेमोरी पनि त्यसैगरी बढाउनु पर्दछ ।

पावर: साधरणतया ६ सेल ब्याट्री भएका ल्यापटपहरुले साढे दुईदेखि तीन घण्टासम्मको पावर ब्याक अप दिन्छ भने विशेष प्रयोजनको खरिद गरिने बजार मूल्यभन्दा अलि महङ्गा ९ सेल ब्याट्री भएका ल्यापटपहरुले चार, पाँच घण्टासम्मको ब्याक अप दिन्छ । नयाँ ल्यापटप खरिद गर्दा वितरकले दिने ब्याट्रीको ग्यारेण्टी र ग्यारेण्टी पिरियड सकिएपछि बजारमा सो मोडलको ब्याट्री उपलब्ध हुने नहुने बुझेर निर्णय गर्नु उत्तम हुन्छ ।

कुनै पनि ल्यापटपको मोडल पुरानो हुँदै गएपछि उत्पादकले त्यसको स्पेयर्स पार्ट्स उत्पादन बन्द गर्ने गर्दछ । यस्तो अवस्थामा सो ब्राण्डलाई उपयुक्त हुने गरीका चाइनिज बजारबाट आयात गरिएका पार्ट्स (ब्याट्री लगायत) प्रयोग गर्न सकिन्छ । जुन मूल्य आदिको हिसाबले किफायती देखिन्छन् ।

प्रोसेसर तथा मेमोरी: अफिस वा घरमा इन्टरनेट चलाउन तथा सानातिना काम गर्न कोर टु डुबो, कोर आई थ्री प्रोसेसर भएका ल्यापटप उपयुक्त हुन्छन् तर कोर आई फाईभ प्रोसेसर राखे भयो ।

वारेन्टी/ग्यारेण्टी: कुनै ब्राण्ड विशेषको ल्यापटप खरिद गर्नुअघि त्यस सामानमा दिइने वारेण्टी र ग्यारेण्टी बारे प्रष्ट हुनु पर्दछ । दुई–चार हजार बढी तिर्दैमा वारेण्टी पिरियड बढी पाइन्छ भने त्यसै गर्नु उत्तम हुन्छ तर सो कस्तो प्रकारको वारेण्टी “मर्मत मात्र गर्ने कि बिग्रेको सामानको रिप्लेसमेन्ट पाइने हो” केही भइपरी आएमा कति दिनभित्रमा टुङ्गो लगाइन्छ ? सो पनि निक्र्यौल गर्नु पर्दछ ।

अपरेटिङ सिस्टम: साधारणतया कुनै पनि उत्पादक कम्पनीको अधिकृत विक्रेता मार्फत खरिद गरिएको ल्यापटपमा सिरियल ‘की’सहितको जेन्युन अपरेटिङ सिस्टम (विन्डोज) इन्स्टल गरिएको हुन्छ तर अपरेटिङ सिष्टम इन्स्टल नगरिएको ल्यापटप खरिद गर्नुभयो भने ६ देखि १० हजारसम्मको छुट पाउनुहुन्छ । वास्तवमा कम्पनीले अपरेटिङ सिस्टम उत्पादन कम्पनीसँग ओएस खरिद गरेर प्री–इन्स्टल गरी बेच्ने भए पनि त्यसको मूल्य पहिले नै ल्यापटपको मुल्यसँग जोडेर लिने हुनाले महङ्गो हुने गर्दछ । नेपालको परिप्रेक्ष्यमा सबैजसो सफ्टवेयर पाइरेटेड प्रयोग गरिने हुँदा आफ्नो बजेट कम गर्न फ्री डस अपरेटिङ सिष्टम नराखेको ल्यापटप खरिद गर्नु बजेटको हिसाबले उपयुक्त हुन्छ । विकल्पमा लिनक्स अपरेटिङ सिस्टम प्रयोग गर्न सक्नुहुन्छ ।

ब्राण्ड: एउटै हार्डवेयर कन्फीगुरेशनका दुईवटा फरक–फरक कम्पनीका ल्यापटपको मूल्यमा पनि उल्लेखनीय असमानता हुन सक्दछ । मूल्य बढी भयो भन्दैमा सामान राम्रो भन्न सकिन्न । त्यसैले नाम चलेको ब्राण्डको ल्यापटप खरिद गर्नुअघि इन्टरनेटमा त्यसको ‘युजर्स रिभ्यु’ पढ्नु उपयुक्त हुन्छ । बजारमा कुनै पनि ब्राण्डको लोकप्रियता त्यसको सामानले भन्दा पनि विज्ञापन, कम्पनीले बिक्रेतालाई दिने नाफा, सुविधा आदिमा निर्भर गर्दछ ।

इन्टरनेटमा उपलब्ध तथ्याङ्कअनुसार अहिले युरोपमा तोसिबा ब्राण्डको ल्यापटप लोकप्रिय छ भने अमेरिकी बजारमा एसर ब्राण्डको खपत बढ्दो छ । ताईवानमा उत्पादन हुने भए पनि नेपाली प्रयोगकर्ताको बजेट र बिक्रीपश्चात् दिइने सेवा (हार्डवेयरमा खराबी देखिएमा) बिचार गर्दा एमएसआई ब्राण्डको ल्यापटप पनि हाम्रो लागि राम्रो छ

Saturday, December 17, 2011

"संगै बसी मनका कुरा "


संगै बसी मनका कुरा गरौँ झैँ लाग्यो
मुटु भरि तिम्रै माया भरौं झैँ लाग्यो ll

हाम्रो भेट हुने दिन टाडीदै जादा
तिम्रै गाउँ तिर बसाइ सरौं झैँ लाग्यो ll

कता कता मौलाउदै गरेको माया
त्यो दिलको कुना कानी छरौ झैँ लाग्यो ll

अब सबै अतितका संसार भुली
सातै जुनी तिम्रै भर परौ झैँ लाग्यो ll

तिमीलाई बचनको डोरीले बाधी
संगै बाची संग संगै मरौ झैँ लाग्यो ll



"बिकाश"(घायल)

Thursday, December 8, 2011

साथ खोज्दा


साथ खोज्दा मुटुमा झन पिडा भर्दै छन्
आलो घाउमा मलम भन्दै चुक छर्दै छन् ll

मनोरम संसार त्यो देखाई दिन्छु भन्दै
झन दु:खको भारी बोकाई घात गर्दै छन् ll

यो घायल दिल संग नाता गास्छु भनि
घर न घाट मलाइ पारि अन्त सर्दै छन् ll

जोडी ढुकुर हुने भन्दै धोका दिंदा आज
अब सारा बाच्ने मेरा आशा मर्दै छन् ll

घातिले त ब्रजपात गरि गयो गयो
दैबले नी किन मेरै खुशी हर्दै छन् ll



"बिकाश "(घायल)

Tuesday, November 29, 2011

"निर्दोष मेरो दिल"


निर्दोष मेरो दिल , जलाएर गयौ तिमी
जिउदो लास सरि, ढलाएर गयौ तिमी ll

यसै गरि सँधै भरि,सँगै बाँच्ने मर्ने भनि
जगाई आशा मनमा,छलाएर गरौ तिमी ll

देउता सरि पुजी, मुटु भित्र राख्दा मैले
हृदय भित्र छुरा, चलाएर गयौ तिमी ll

दुनिया सामु शिर, उठाएर बाच्ने मेरा
सपना माथि आगो, लगाएर गयौ तिमी ll

चितामा मेरो लास, मलामीले घुमाउदा
डोलीमा पञ्चे बाजा, बजाएर गयौ तिमी ll



"बिकाश "(घायल)

Thursday, November 24, 2011

"सुन्दैछु म अन्तै तिर साथ पायौ अरे"


सुन्दैछु म अन्तै तिर साथ पायौ अरे

मलाई छोडी अरु संगै माया लायौ अरे


तिम्रै बाटो कुरी बसें दोबाटोमा एक्लै

तिमी भने अरुकै आगनीमा धायों आरे


चोखो माया तिम्रै लागी साचेको थेँ मैले

तिमीले त पराईसँग कसम् खायौ अरे


गरिबको सप्नालाई सल्काएर आगो

उसैको त्यो मन मुटु भरि छायौ अरे


बियोगमा बर बर्ती आँशु झार्दा मैले

उत्साहको गीत रमाई तिम्ले गायौ अरे



"बिकाश "(घायल)

Monday, November 21, 2011

"अजम्बरी न्यानो साथ"


अजम्बरी न्यानो साथ मा'ग्या थिएँ तिमीसंग

बास बस्न भित्रि आँत मा'ग्या थिएँ तिमीसंग


चोटैचोटले जिन्दगि यो धुजा धुजा पारे पछी

राहतको मिठो बात मा'ग्या थिएँ तिमीसंग


बेदनाको ओडारमा गुम्सिएर बस्दा मैले

साहारामा तिम्रो हात मा'ग्या थिएँ तिमीसंग


जिन्दगीका चाहहरु अधेंरीमा डुब्न लाग्दा

चाँदनीको नौलो रात मा'ग्या थिएँ तिमीसंग


परेलीमा आँशु आइ खुशीहरु छेकीदिंदा

मनभरि सुख खात मा'ग्या थिएँ तिमीसंग



"बिकाश"(घायल)

Thursday, November 17, 2011

"जिउदै लास हुनु के जिन्दगी "


सदानै दास हुनु के जिन्दगी


जिउदै लास हुनु के जिन्दगी



रातादिनै नङ्ग्रा ख्याउदा पनि


पाटीकै बास हुनु के जिन्दगी



दुखको भारी बिसाउन खोज्दा


पिडाकै रास हुनु के जिन्दगी



सच्चा त्यो कुरा बोल्दा आफ्नै


गरिमा नास हुनु के जिन्दगी



पौरखचै मैले गर्ने खुशी जति


उसकै पास हुनु के जिन्दगी



"बिकाश "(घायल )

Sunday, November 13, 2011

"हिजो मात्रै मेल भयो "


हिजो मात्रै मेल भयो !

किन आजै झेल भयो !!


जति माया गर्दा पनि !

माया आज खेल भयो !!


तिम्रो हुने मेरो इच्छा !

वर्षा याम्को भेल भयो !!


आखा सामु आए पनि !

कौवा लाई बेल भयो !!


छोडी जान लाग्दा खेरि !

तिम्रै छाती जेल भयो !!




"बिकाश "(घायल)

Tuesday, November 8, 2011

"धोका मिठो लाग्छ मलाई"



धोका मिठो लाग्छ मलाई साथ चाहिंदैन
पल भरमा छाडि जाने हात चाहिंदैन

सधै भरि तिम्रो यादमा तड्पी रहे म
तिमि आउने सपनीका रात चाहिंदैन

यहिँ हो जिन्दगि टुट्नु फुट्नु समेट्नु
खोक्रो आस्वासनको मिठो बात चाहिंदैन

खानु खाईसके ठक्कर एक पछी अर्को
चोखो मायाँ नचिन्ने त्यो कुजात चाहिंदैन

धनि गरिब हुदो रैछ पिरतीमा पनि
तर मलाई सम्पतिको आघात चाहिंदैन

"कविता श्रेष्ठ "

Sunday, November 6, 2011

"जति माया तिमी गरछ्यौ"

जति माया तिमी गरछ्यौ झन माया बढ्दो रैछ

गुलावी ओठ चुम्न खोज्दा जवानी नै चढ्दो रैछ



सपनिले बिउझाइ, तिम्रै काखमा निदाए पछि

दु्ःख पनि हटिजाने तिम्रै साथमा बिताए पछि

मेरो रिस आँधी बन्दा मुस्कुराएर हेरी दिन्छौ

मेरो बाबा के भो भन्दै अँगालोमा बेरी दिन्छौ



तिम्रो नजरमा नजर जुध्दा मुटु झन गढ्दो रैछ

गुलावी ओठ चुम्न खोज्दा जवानी नै चढ्दो रैछ



जति माया तिमी गरछ्यौ ै झन माया बढ्दो रैछ

गुलावी ओठ चुम्न खोज्दा जवानी नै चढ्दो रैछ


सरस्वती कै बास छ की तिम्रो त्यो बानी भित्र

तिमा बिना छटपटीरहन्छु माछो छैन पानी भित्र

सधै भरी बसी रह्यौ नबिझाइ आँखा भित्र

तिम्रा गुन गुनाइरहे यो सुरीलो भाखा भित्र


बैशाखी बन्यौ जिवनमा तिमी बिना लड्दो रैछ

गुलावी ओठ चुम्न खोज्दा जवानी नै चढ्दो रैछ


जति माया तिमी गरछ्यौ झन माया बढ्दो रैछ

गुलावी ओठ चुम्न खोज्दा जवानी नै चढ्दो रैछ

"दिलिपकुमार मल्ल "( प्रिन्स )

"मेरो दिल खालिछ"

कालु तिम्लाई मन भए मेरो दिल खालिछ
तिम्रो खुशीमा रमाउने मेरो आफ्नै हँसोछ

येथार्थ सबै बुझे पछी भेट्न आउछु भंछौ भने
दाया बायाँ हेर्दै औंहै मान्छे सबई जाली छ
मायाँ साट्ने मुटु भित्र संयोग आज परेको छ
डुब्न देउ नजरलाई ढुकढुकी यो बढेको छ

अहिले सम्म मरे छैन आशाहरु बाकि नै छ
तिम्रो उपहार जिउदो लाश सजाएर राखेकै छ

"कविता श्रेष्ठ"

"बिन्ती नरोज मलाई"


झरेको फुल हुँ म नटिप्नु मलाई

सुग्न्धित बास्ना हराइसकेछु

औशीको रात हु म नपछ्याउ मलाई

उज्यालोमा रम्न भुलिसकेछु

लक्ष्यहिन यात्री हु म नरोज मलाई

जिन्दगीको दोबाटोमा अल्झिसकेछु

शिशिरेको तुसारो हु म बिन्ती नरोज मलाई

चोट र पिडा सँग रम्न बाध्य छु

सल्लाको रुख हु म भुलेर पनि नटोक्नु मलाई

बर पिपलको कल्पना अरु कसैले खोसिसकेको छ

मायाको खानी हु म तर नगर माया मलाई

त्यही मायाले मेरो मुटु छिया छिया पारेको छ


"बिकाश "(घायल )

कम्प्युटर समस्या र समाधान

अब फेरी केही कम्प्युटर सम्बन्धी कुरा गरौ । हाम्रो कम्प्युटरमा प्राय जसो आई पर्ने समस्याहरु बारे केही चर्चा र त्यो समस्याहरु समाधान गर्ने उपाय बारे केही लेखन गई रहेको छु , आशा छ तपाईंहरुलाई यो अबस्य पनि लाभदायक हुनेछ ।

१. Hidden फाइल नदेखिनु

कहिले काँही कुनै Virus वा द्वेषपूर्ण Script हरुको कारण तपाईंले Hidden Mode मा राख्नु भएको फाइल वा फोल्डर तपाईंले पछि " Show Hidden file and folder " ( Tools > Folder Options > View Menu > Hidden files and folders ) गर्दा पनि नदेखिन सक्छ । शायद तपाईंहरुले पनि यो समस्या भोग्नु भएको नै होला ।

यो समस्या समाधान गर्न

१ Start > Run र Regedit टाईप गरेर Enter गर्नुस् ।

२ त्यसपछि यो location सम्म जानुस् HKEY_LOCAL_MACHINE\SOFTWARE\Microsoft\Windows\CurrentVersion\Explorer\Advanced\Folder\Hidden\SHOWALL

३ CheckedValue कि मा Double क्लिक गर्नुस्

४ र त्यहाँ Value Data लाई 1 राखिदिनुस् ।

बस तपाईंको काम सकियो ।

२. Drive लाई डबल क्लिक गर्दा New Window मा खोलिनु

कहिले काहिँ तपाईंले कुनै Drive लाई Double क्लिक गरेर खोल्न खोज्दा उक्त Drive त्यही window मा नखुलेर Automatically अर्कै Window मा खोलिन्छ । हामीलाई थाहा छ यो अबस्य पनि राम्रो लक्षण होइन किन भने उक्त Drive normal mode मा same window मा खोलिनु पर्थ्यो । यदी तपाईंले File मेनु को Tools मा गएर Folder Option लाई change गर्नु भएको भए अर्कै कुरा ..

किन Drive नयाँ window मा खोलिन्छ त ? यहाँ अबस्य पनि Virus अथवा अरु कुनै समस्या आएर नै हो

यसलाई समाधान गर्ने तरिका

पहिलो उपाय :१ Start > Run > र यहाँ regsvr32 /i shell32.dll टाईप गर्नुस्

२ ok गर्नुस् ।

३ तपाईंले यो message पाउनु हुन्छ

DllRegisterServer and DllInstall in shell32.dll succeeded

४ बस तपाईंको समस्या अब समाधान भयो

दोस्रो उपाय :

१ Start > Run > Regedit टाईप गर्नुस् र ओके गर्नुस् ।

२ अब HKEY_CLASSES_ROOT/Directory/Shell मा जानुस्

३ Default key लाई double क्लिक गर्नुस् र त्यहा none टाईप गर्नुस्

४ अब HKEY_CLASSES_ROOT/Drive/Shell मा जानुस्

५ Default key लाई double क्लिक गर्नुस् र त्यहा none टाईप गर्नुस्

६ ok गर्नुस् ।

तेस्रो उपाय :

यदी तपाईं regedit option चलाऊन चाहनु हुन्न भने यो उपाय गर्न सक्नु हुन्छ ।

१ Start > Run > र यो टाईप गर्नुस् reg add hkcr\drive\shell /ve /d none /f

२ ok गर्नुस् ।

आशा छ यि तीन उपाय तपाईंको लागि समाधान हुन सक्छ ।

३. आफ्नो कम्प्युटरलाई Virus हरुबाट Autorun Disable गरेर जोगाउने तरिका

धेरै Virus हरु कम्प्युटरमा सर्ने कारण तपाईंको कम्प्युटरमा कुनै CD वा pendrive राख्ने बित्तिकै Autorun हुनाले हो र यो Autoplay enable window को difault set भएर पनि हो ।

Autorun लाई Disable गर्ने तरिका :

१ Start > Run > regedit टाईप गर्नुस् र ओके

२ अब HKEY_CURRENT_USER\Software\ Microsoft\Windows\CurrentVersion\Policies\Explorer मा जानुस्

३ NoDriveAutorun मा double क्लिक गर्नुस् र Hexadecimal मा Value "FF" वा Decimal मा Value 255 टाईप गर्नुस् ।

Note: यदी त्यहाँ NoDriveAutorun भन्ने कि छैन भने दाँया तिर right क्लिक गरेर new dword value मा क्लिक गरेर NoDriveAutorun टाईप गरेर Enter गर्नुस्

५ Registry window लाई exit गर्नुस् र कम्प्युटर लाई restart गर्नुस्

यो तरिका बाट तपाईंले Autorun लाई Disable गरेर Virus infected USB pendrive वा CD लाई Autorun हुन बाट रोक्न सक्नु हुन्छ र autorun.inf virus लाई Run हुन बाट जोगाउन सक्नु हुन्छ ।

४. "Show Desktop" Icon लाई कसरी Restore गर्ने ?

कहिले काहीँ गल्तीले तपाईंले "Show Desktop" Icon लाई shift+Delete गर्नु भयो यो सोचेर कि यो मात्र Shortcut हो । तर वास्तवमा त्यो नै orginal icon रहेछ भने के गर्नु हुन्छ ?

ShowDesktop Icon अरु Icon हरु भन्दा फरक हुन्छ र सामान्यतया यो Icon लाई फेरी Restore गर्न सकिदैन । यस्तो अवस्थामा तपाईंले यो तरिका अपनाउन सक्नु हुन्छ ।

१ Notepad लाई खोल्नुस् र तल लेखिएको code लाई कपि गरेर paste गर्नुस् ।

[Shell]

Command=2

IconFile=explorer.exe,3

[Taskbar]

Command=ToggleDesktop

२ अब फाइलको नाम ShowDesktop.scf राखी यो location मा लगेर save गरिदिनुस् ..

C:\Document and Settings\Username\Application Data\Microsoft\Internet Explorer\Quick Launch

३ कम्प्युटरलाई restart गर्नुस् ।

कम्प्युटर फरम्याट गर्ने र Default Settings मा reset गर्ने तरिका

(आफ्नो कम्प्युटर फरम्याट गर्नु भन्दा पहिला आफ्नो महत्वपूर्ण फाइलहरु, डाटाहरु, प्रोग्रामहरु आदी को साथ साथै सम्बन्धित Driver हरु सबैको ब्याकअप राखुहोस् किनभने तपाईंले आफ्नो कम्प्युटर फरम्याट गर्दा यि सबै मेटिन्छन । धेरै जसो कम्प्युटरमा अपरेटिङ सिस्टम Drive C मा instal गरिएको हुन्छ । कम्प्युटरमा HardDrive को कती वटा partition गरिएको छ ? जस्तै Drive C, Drive D, Drive E आदि । Drive C मा अपरेटिङ सिस्टम instal गरिएको छ भने Drive C मा भएका (Save गरिएका) आफ्ना सबै महत्वपूर्ण फाइलहरुलाई अर्कै Drive D अथवा Drive E मा लगेर save गरिदिनुहोस् । )

अब कम्प्युटर फरम्याट गर्ने तरिका तिर अगाडि बढौ

१) सबभन्दा पहिला तपाईं सँग operating system सि.डि वा डि.भि.डि हुनु जरुरी हुन्छ र उक्त Disc तपाईंले आफ्नो कम्प्युटरको सि.डि वा डि.भि.डि drive भित्र हाल्नुहोस् ।

२) अब आफ्नो कम्प्युटरलाई restart गर्नुहोस् ।

३) जब तपाईंको कम्प्युटर restart हुँदै छ तपाईंले screen मा "Press any key to boot from CD" भन्ने मेसेज आएपछि keyboard को कुनै कि प्रेस गरिदिनुहोस् ।

@ यदि तपाईंको screen मा यो मेसेज आएको छैन भने तपाईंले boot sequence reset गर्नु पर्ने हुन्छ र त्यसको लागि कम्प्युटरको BIOS settings भित्र जानु पर्ने हुन्छ । BIOS settings भित्र जान कम्प्युटर restart गर्नुहोस् , जब restart हुँदै छ तब कि बोर्ड मा Delete कि थिची राख्नुहोस् । केही सेकेन्ड पछि कम्प्युटरको स्क्रीनमा BIOS mode देखा पर्नेछ । त्यहा boot sequence options मा CDROM drive to be 1st option छान्नुहोस् र save चेन्ज गरेर exit गर्नुहोस् ।

४) अब फेरी स्टेप ३ दोहर्याउनुहोस् , सि.डि लोड हुनेछ र निलो स्क्रीन देखा पर्नेछ र सि.डि को फाइलहरु कपि हुन थालनेछ । एक छिन कुर्नुहोस् । केही मिनट पछि setup ? मेसेज आएपछि Enter गरिदिनुहोस् ।

५) अब windows install कुन Drive मा गर्ने अथवा कुन drive लाई Format गर्ने भन्ने option देखा पर्नेछ , तपाईंको कम्प्युटरको कुन Drive मा operating system install गरिएको छ त्यो drive छान्न्हुहोस् (Normally Drive C मा opereting system install गरिएको हुन्छ ) । छानिसके पछी Enter गर्नुहोस् ।

६) अब अर्को स्टेपमा कुन फाइल सिस्टम मा Drive Format गर्ने हो छान्नु पर्ने हुन्छ । NTFS option छिटो हुन्छ र formatting option "Quick" छान्नुहोस् र Enter थिच्नुहोस् ।

७) अब कम्प्युटर फरम्याट प्रोसेसमा गयो । कती बेरमा सकिन्छ त्यो भने कम्प्युटरको hard Drive को साइज र speed मा भर पर्छ ।

८) बिचमा टाईम place छान्नुपर्ने option आउन सक्छ । ओके ओके गरिदिनुहोस् ।

९) फरम्याट सकिसकेपछि opetating system files कपि हुन थालछ र install भईसकेपछि कम्प्युटर आँफै restart हुन्छ ।

१०) अब कम्प्युटरमा सम्बन्धित driver हरु एक एक गरी install गर्नुपर्ने हुन्छ , जस्तै Sound card, LAN card आदी आदी ।

तपाईंलाई नचाहिने online एकाउन्ट कसरी Delete गर्ने ?

यदि तपाईंले ईन्टरनेटमा धेरै अन्लाईन वा social networking साईटमा एकाउन्ट बनाउनु भएको छ र तपाईंले त्यो use गर्न छाडिसक्नु भएको छ र use नभएको एकाउन्ट delete गर्न चाहनु भएको छ भने यहाँ delete गर्ने केही tips दिने कोशीस गरिएको छ ।

Yahoo

याहू एकाउन्ट delete गर्ने दुइटा बाटो छ । पहिलो बाटो यदि तपाईंले याहू एकाउन्ट ४ महिना सम्म खोल्नु भएन भने तपाईंको एकाउन्ट deactivated हुनेछ त्यसैले delete गर्न चाहनु भएको एकाउन्ट खोल्न छाडिदिनुहोस् । दोश्रो बाटो delete गर्न चाहनु भएको एकाउन्ट logon गर्नुहोस् र "Account Termination" page मा जानुहोस् । यदि तपाईं पहिले नै logon हुनुहुन्छ भने तपाईंले "Account Termination" page खोल्न verification purposes को लागि फेरी password re-enter गर्नु पर्ने हुन्छ ।

Hotmail

ं Hotmail page को Help मा क्लिक गर्नुहोस् । ( usually Help Tab दाँयातिरको माथि corner मा हुन्छ )

ं Help sereen को "keyword search section" मा "Close Account" टाईप गर्नुहोस् ।

ं "Close Account" link मा क्लिक गर्नुहोस् ।

ं "Go to the close Account link" जो निलो कलर मा highlight भएको हुन्छ त्यसलाई क्लिक गर्नुहोस् ।

ं त्यहा लेखिएका instructions हरु पढ्नुहोस् ,त्यहा लेखिएका Terms तपाईंलाई चित्त बुझ्यो भने "close Account" मा क्लिक गर्नुहोस् ।

facebook

Facebook ले २ ओटा option दिएको छ । १ अकाउन्ट Deactivate गर्ने । २ permanently डिलिट गर्ने । तपाईंले अकाउन्ट Deactivate गर्नु भयो भने तपाईंको Facebook अकाउन्ट , profile information , तपाईंले save गर्नु भएको साथीहरु , फोटोहरु आदी अझै त्यही रही रहन्छन र पछी तपाईंले फेरी अकाउन्ट active गर्न सक्नु हुन्छ । तर तपाईंले अकाउन्टलाई permanently डिलिट गर्नु भयो भने तपाईंको अकाउन्ट system बाट हटाइने छ ।

अकाउन्ट deactivate गर्ने तरिका :

ं Facebook logon गरी सके पछि दाँया तिर Top मा "Account Settings" मा क्लिक गर्नुहोस् ।

ं त्यहा "Deactivate Account" लिन्क लाई क्लिक गर्नुहोस् ।

ं अकाउन्ट permanently डिलिट गर्ने तरिका :

ं Facebook logon गरिसके पछी Help tab मा क्लिक गर्नुहोस् ।

ं त्यहा "delete account" सर्च गर्नुहोस् ।

ं "I want to permanently delete my account" लिन्क लाई क्लिक गर्नुहोस् र त्यहा भएका २ paragraphs लाई पढ्नुहोस् ।

ं last paragraph को लिन्कलाई क्लिक गर्नुहोस् , पढ्नुहोस् के लेखेको छ त्यहा र ठीक छ भने "Submit" बटनमा क्लिक गर्नुहोस् ।

MySpace

MySpace अकाउन्ट डिलिट गर्न धेरै सजिलो छ यसमा माथिको जस्तो सर्च गरिराख्नु पर्दैन ।

ं अकाउन्ट logon गरिसके पछि दाँया corner को माथि "My Account" मा क्लिक गर्नुहोस् ।

ं "Account" लिन्कलाई क्लिक गर्नुहोस् ।

ं "Cancel Account" लिन्कलाई क्लिक गर्नुहोस् ।

ं तपाईंले किन अकाउन्ट डिलिट गर्न चाहनु भएको हो त्यो reason सेलेक्ट गर्नुहोस् र "Cancel My Account" बटनमा क्लिक गर्नुहोस् ।

MSN

MSN अकाउन्ट डिलिट गर्ने तरिका Yahoo को जस्तै नै छ । तपाईंले ३० दिन सम्म अकाउन्ट use गर्न छाडिदिनुहोस् ।

@ ३० दिन सम्म use नभए पछि तपाईंको अकाउन्ट inactive हुनेछ र ९० दिन पछि अकाउन्ट डिलिट ।

@ Manually अकाउन्ट डिलिट गर्ने तरिका :

ं Hotmail पेजको माथि दाँया corner मा भएको सानो Arrow मा क्लिक गर्नुहोस् ।

ं Menu option को "View Your Account" मा क्लिक गर्नुहोस् ।

ं त्यहा तल भएको "Close Account" लिन्कमा क्लिक गर्नुहोस् ।

ं information पढ्नुहोस् ,identity verify को लागि आफ्नो password enter गर्नुहोस् र "Yes" बटनमा क्लिक गर्नुहोस् ।

इन्टरनेट नहुदा पनि आफ्नो कम्प्युटरमा नेपाली युनिक कोडमा लेख्न चाहनु हुन्छ ?

तपाइको कम्प्युटरमा नेपाली युनिक कोडमा लागाएर नेपाली लेख्नु छ भने तल भएको लिंक लाई कपि गरेर पेस्ट गर्नु होला अनि

Nepali select गरेर तपाइको Windows 7/Vista हो भने 64-bit windows/XP हो भने 32-bit मा किलिक गर्नु अनि त्यसलाई Download गर्नुस अनि कम्प्युटरमा install गर्नुस !

तपाइँको कम्प्युटरमा इन्स्टल भै सकेपछी नेपाली लेख्नु भन्दा पहिला तपाइको कम्प्युटरको Alt + Shift कि थिच्नुस अनि नेपाली टाइप एक्टिभ हुन्छ ! त्यसलाई पुन डिसएबल बनाउनु परे Alt + Shift प्रेस गर्नु भयो भने हुन्छ !

यो लिंकमा जानुहोस : http://www.google.com/ime/transliteration/

अथवा

Download Google Transliteration Input Method (IME) दुवै एकै हो !

पुनश्च:

यो अन्य (अरु ) कुनै पनि application र Google Chrome मा सजिलै हुन्छ , Internet Explorer मा नेपाली लेख्दा > आएको ठाउमा एक पटक Click गर्नुस , अनि मज्जाले लेख्न सक्नु हुन्छ ! तर यसमा बारम्बार त्यस्तो गरि रहनु पर्छ !

तर programe install गर्ने बेलामा भने नेट हुनु जरुरि छ तर पछी नेट नभएको बेलामा पनि जुन सुकै प्रोग्राम / Application तपाइहरुले नेपाली टाइप गर्न सक्नु हुन्छ !

Saturday, November 5, 2011

"गजल रचनाका आधारभूत केहि तत्व र नियमहरु "


खगेन्द्र पन्धाक लिम्बू


[पर्सियामा एकजना अन्धाले लयात्मक विधाको कविताको सुरुवात गरेर गाउन थालेको ईतिहाँसलाई गजलको प्रमुख उत्पत्ति मानिए पनि अर्को तर्फ अरबियन युगको प्रचलित लयात्मक कवितालाई पर्सियामा गीत-संगीतको रुपमा बिकाश गरी गायनयोग्य रुपमा अन्य अरबियन देश, भारत तथा बिस्वभर ब्यापक गरिएको मान्यता पनि छ lगजलको ईतिहाँस लामो छ lधेरै धारणा र अव-धारणाहरु छन् lत्यो यहाँ समाबेश गरेको छैन l]


१.
बहर(मिटर)= सेरको लयात्मकता(छन्द)l जसले मिश्र(हरफ)हरुसंग तुलनात्मक सम्बन्ध राख्छ lस्वर-वर्णको मात्रा,यमक र लम्बाई वा पदको संरचनाको आयतन जसको आधारमा मत्लाको सिर्जना हुन्छ र मिटर(मात्रा) अनुप्रास(काफिया) र रदीफको सन्तुलनमा बाँकी मिसरा र सेरहरू निर्माण हुन्छन l
गजलका प्रत्येक मिसराका सेरहरुले बहरसंग सन्तुलनमा रहनु पर्दछ l जस्तै:
आफ्नै जीवन बालेर राप ताप्दैछु अचेल l
आफ्नै जीवन ढालेर आयु नाप्दैछु अचेल l

२.
रदीफ = शब्द वा शब्दहरु l जो गजलका अन्तिमका २ हरफमा छन्दमा टुंगीन्छंन र प्रत्येक मिसराको सेरमा दोहोरिन्छ्न l रदीफ बिनाको गजल पनि देखिएका छन् l त्यस्ता गजललाई 'गैर-मुरद्दफ' भनिन्छ l
रदीफ र काफिया भएका जस्तै: कोष्ठमा हेर्नुस-
आफ्नै जीवन बालेर राप ताप्दैछु (अचेल) l
आफ्नै जीवन ढालेर आयु नाप्दैछु (अचेल) l
दोहोरो रदीफको पनि अचेल प्रयोग देखिन्छ l जो मिसराको जुन ठाउँमा पनि आउन सक्छ l

३.
काफिया =रदीफ अगाडी प्रयोग हुने शब्द वा शब्दहरु जसको सन्तुलित ध्वनि हुन्छ र यसले गजलको वजन दिन्छ l
जस्तै: कोष्ठमा हेर्नुस -
आफ्नै जीवन बालेर राप (ताप्दैछु) अचेल l
आफ्नै जीवन ढालेर आयु (नाप्दैछु) अचेल l
दोहोरो काफियाको पनि अचेल प्रयोग देखिन्छ lजो मिसराको जुन ठाउँमा पनि आउन सक्छ l
स्वर-वर्णको आधारमा पूर्ण नमिलेको काफियालाई आंसिक काफिया भनिन्छ र एक अक्षरको स्वर-वर्ण मात्र मिलेको काफियालाई कान्छो वा एकाक्षरी काफिया भनिन्छ l यस्तो खालको काफीया भएका गजलहरु देखिए पनि राम्रो र संगीतमा श्रुतिमाधुर्य मानिंदैनन l
४.
मत्ला= गजलको प्रथम २ सेर वा मिसरा(हरफ वा पद )हरु l जहाँ रदीफको प्रयोग गरिन्छ l यो गजलको महत्व-पूर्ण अङ्ग हो l किन भने यहाँ प्रयोग भएका रदीफ र काफियामा पूरै गजल निर्भर हुनु पर्दछ l
जस्तै:कोष्ठमा हेर्नुस -
(आफ्नै जीवन बालेर राप ताप्दैछु अचेल l
आफ्नै जीवन ढालेर आयु नाप्दैछु अचेल l )

चुह्यो ईमान रहेन नाता वस्तीमा ओवानो
आफ्नै जीवन गालेर छानो छाप्दैछु अचेल l

फाट्यो पुरानो चलन जब मक्किंदै छातीमा
आफ्नै जीवन टालेर घाऊ खाप्दैछु अचेल l

शैय्या टेकेर हाँसेको जात मान्छेको भीडमा
आफ्नै जीवन फालेर भिक्षा थाप्दैछु अचेल l

५.
मक्ता =गजलको अन्तिम सेर l जहाँ सर्जकको महत्वपूर्ण छाप र भाव गजलमा छोडिनु पर्दछ l यहाँ गजल सर्जकको छोटो नाम 'तख्हल्लुस' लेखेर छोडिन्छ l त्यसो नगरी पनि हुन्छ l जस्तै: हेर्नुस कोष्ठमा 'तख्हल्लुस'-
शैय्या टेकेर हाँसेको( 'चुम' )मान्छेको भीडमा
आफ्नै जीवन फालेर भिक्षा थाप्दैछु अचेल l

६.
सेरको प्रथम मिसरालाई 'मिसरा ए उल्ला' भनिन्छ l
सेरको दोश्रो मिसरालाई'मिसरा ए सानी'भनिन्छ l

यो गजलको साधारण नियम मात्र हुन् l यति जानियो भने चल्ती आधुनिक गजलमा सिद्ध हस्त हुन सकिन्छ l गजलका बारेमा धेरै अवधारणाहरु छन् र धेरै व्यापक नीतिनियम पनि l तर अहिले यति जाने काफी होला भन्ने सोचेको छु l

लयका नियम:-
आफ्नै/ जीवन/बालेर\\ राप /ताप्दैछु/ अचेल /l =२/+३/+३\\२/+३/+३\=१६
आफ्नै/जीवन/ढालेर\\आयु /नाप्दैछु /अचेल l =२/+३/+३\\२/+३/+३\=१६ यसरी प्रत्येक यति र गति बीच शब्दको बराबर मात्रा(मिटर) मिल्नु पर्दछ l

चुह्यो/ ईमान/रहेन\\ नाता/वस्तीमा/ओवानो\ =२/+३/+३\\२/+३/+३\=१६
आफ्नै/जीवन/गालेर\\छानो/छाप्दैछु/अचेल \l =२/+३/+३\\२/+३/+३\=१६ हेर्नुस- प्रत्येक मिसरामा समानता छ l

फाट्यो पुरानो चलन जब मक्किंदै छातीमा
आफ्नै जीवन टालेर घाऊ खाप्दैछु अचेल l

शैय्या टेकेर हाँसेको जात मान्छेको भीडमा
आफ्नै जीवन फालेर भिक्षा थाप्दैछु अचेल l


पूर्ण शब्द यति र गतिको कारणले टुक्रिए वा विभत्स भएमा भाषा र लय स्वयं भंग हुन्छ l
जस्तो:
सपनीमा आउनू =सपनी/मा आउनू/ यहाँ -सपनी/मा टुक्रिए पनि /सपनी/ को अर्थ छ र पूर्ण छ l
तर-
/मा आउनू/ ले अशुद्धि र भाषागत भ्रसं उब्जाएकोले स्वत: गल्ति र लय भंग हुन्छ यस्तो अवस्थामा l

मैले सुत्रगत नगरेको माथिको २ वटा सेरलाई पनि मैले गरेको सूत्रको आधारमा अब आफैं सुत्रगत गरेर हेर्नुस र यसरी नै सिर्जना गर्ने कोशिस गर्नुस l

बाँकी केहि जानकारीको लागि चासो रहे पुन: थप जानकारी राख्ने नै छु

Friday, November 4, 2011

तिमिले छोडी गए पछी(गित)

धोका त दिइगयौ मेरो मायाको नासो पर्काइदेउ
तिमिले त बिर्सि गयौ मलाइ पनि भुल्न सिकाइदेउ

जतिभुल्न खोज्छु तिमिलाइ झनै याद आउछ
सम्झे भने अतितलाइ मेरो आखा रसाउछ
तिमिले त छोडिगयौ मलाइ पनि रम्न सिकाइदेउ
धोका त दिइगयौ मेरो मायाको नासो पर्काइदेउ

तिमिले त भुल्न सक्यौ होला सम्झनाले मलाइ सताउछ
बितेका ति यादहरूले मेरो छाति जलाउछ
सारा कुरा बिर्सियर मलाइ पनि बाँच्न सिकाइदेउ
धोका त दिइगयौ मेरो मायाको नासो पर्काइदेउ

अमृत भण्डारी
newstahalka@yahoo.com
डाँडागाउ –७ सल्यान
हालः तुलसिपुर दाङ, कृतिपुर काठमाण्डौ

"उसैसंग माया प्रिती"



उसैसंग माया प्रिती जोडे हुन्छ अब !

मलाई यहि दोबाटोमा छोडे हुन्छ अब !!


दु:ख बेदना संग मै मितेरी गासौला !

रङ्गीन घुम्टो तिम्ले ओडे हुन्छ अब !!


देउराली भाकी खाएको बाचा कसम !

जवानीको खेल सम्झी तोडे हुन्छ अब !!


यहाँ मेरो सप्नाको बिरुवा मरे पनि !

त्यतै खुसीको बगैचा गोडे हुन्छ अब !!


एक्लै आँशु पिउने अठोट गरे मैले !

तिम्रो सोच विचार त्यो मोडे हुन्छ अब !!





"बिकाश "(घायल)

Thursday, October 27, 2011

"घर आउन पाइन दिदि "


!!!! तिहारको खुशी संगै प्रदेशी लाई दिदीबहिनीको यादले सताएको बेला कोरेको यो सानो गजल हजुर हरु सामु पस्केको छु आशा छ मुल्यांकन गरि त्रुटीहरु देखाई दिनु हुने छ !!!!

अरुको दास हुनाले घर आउन पाइन दिदि !

यो साल सप्तरंगी टिका लाउन पाइन दिदि !!

प्रदेशमा साथी सङ्घी सँग रमाइलो गरे पनि !

पल्लो गाउँमा गइ देउसी गाउन पाइन दिदि !!

तिमी पराइको डोली चढेर गाएको दिन देखि !

तिम्रो त्यो काखमा बसी रमाउन पाइन दिदि!!

तोते बाल्दै तिम्रै हात समाई गाउँ डुल्ने गर्थ्ये !

अबत धेरै भयो त्यो हात समाउन पाइन दिदि !!

मुग्लाने भाइको बाटो हेर्दै रोहेको ति चेलीलाई !

अझै गुनियो चोली दिई हसाउन पाइन दिदि !!

"बिकाश (घायल)"

"हुने खानेको महलमा "


कैले आउने होला यी भरिया दाइले पनि हासेर चाडबाड मनाउने दिन ?भरिया दाइको लागि मैले केहि गर्न नसके पनि एउटा गजल लेख्ने कोसिस गरे कस्तो भयो मुल्यांकन गर्ने जिम्मा हजुरहरु लाई सुम्पिए प्रतिक्रिया दिन नभुल्नु होला

हुने खानेको महलमा तिहारको खुशीले छाउदै छ !

दुखी गरिबको झुपडीमा बेदनाको पहिरो आउदै छ !!

सबै छिमेकि टिकाको साहितमा रमाई बसी रहदा !

भारी बोक्ने भरिया भने भारीको खोजीमा धाउदै छ !!

जता ततै जुवाको खाल बस्न थाल्यो धनी काहाँ !

हली दाइ दक्षिना नहुनाले उधारो तिहार मनाउदै छ !!

सुट पाइट सिलाइ सके तिहारलाई साथी संगी दौतारिले !

ढाक्रे आफ्नो ढाकरले च्यातेको दौरा टालेर लाउदै छ!!

सुख काट्ने सुखिलाई सधैभरी ऐस आराम मात्रै थपिने !

जति दुख गरे पनि किन दुखीलाई दुख मात्रै खानाउदै छ !!

घर आगन कोठा कोठा रङ्गीन बतिले सजिदैछ शहरमा !

पाटी पैवामा बस्नेहरु आकाशको तारा हेरी टोलाउदै छ !!

"बिकाश" (घायल )

Tuesday, October 25, 2011

"मलाई फेरी आज"


जिउन नचाहदा नचाहदै बध्याता म जिउनु पर्‍यो

अतितका कथाहरु सकी नसकी अनास्य भुल्नु पर्‍यो

दर्दर पिडाहरु मन भित्र पकाउदै

छिद्र दात देखाएर हाँस्दै हिंड्नु पर्‍यो

मनको आशा जलौदै गह भरी आशु लिइ

मिर्तुको ख्याल ले भनु या आफ्नै भुलले

आज उनको साथ गुमाउनु पर्‍यो

को हो को हो कता कता कस्को यादले

बर बरती आशु झर्दै महिले मुटु फुटाहुनु पर्‍यो

आशाका कोपिला फुलाउने हरुले बिदा माग्दा

मन भित्र आगो लगाइ थामिएर बाच्नु पर्‍यो

यसैको कारणले होला सबै संसार पागल देख्नु पर्‍यो

जिउन नचाहदा नचाहदै बध्याता म जिउनु पर्‍यो

अतितका कथाहरु सकी नसकी अनास्य भुल्नु पर्‍यो

"बिकास" (घायल)

बिछोड


उज्यालो को प्रतिक्षा गर्दा गर्दै

अन्धकार मा पो रोमलिन पुगेछु

मायालु को आशा गर्दा गर्दै

पराइ पो हुन पुगेछु

सुखमय संसारको कल्पना गर्दा गर्दै

दु :खको रणभुमि मा पो ढल्न पुगेछु

भबिस्यको निर्माण गर्दै गर्दै

सपना मा नै पो अन्त्य हुन् पुगेछु

उनकोसाथ अजम्बरी जीन्दगी बिताउने चाहाना गर्दा गर्दै

यो संसार लाई नै छोडेर लास पो बन्न पुगेछु

बिकाश घायल

Friday, October 21, 2011

टुक्रिएको मुटुको बेदना


तिमी बाहेक अन्त माया मैले गास्न सकिन

पारि दियौ टुक्रा टुक्रा मुटु कैले हास्न सकिन

::::::::::::::::::::::::::::::::::::::::::::

हजारौले जुनी भर साथ दिन्छु भन्दा पनि

कसैलाई पनि हिर्दय भित्र टास्न सकिन

::::::::::::::::::::::::::::::::::::::::::::

तिम्ले पीडाका भारी बोकाएर गए पनि

तिम्रो त्यो चन्द्र रुपी तस्बिर नास्न सकिन

::::::::::::::::::::::::::::::::::::::::::::

तिमी पराइको डोलीमा सजिएर जादा पनि

हात खोपी लेखेको तिम्रो नाम तास्न सकिन

बिकाश (घायल )

Thursday, October 20, 2011

"मलाई फेरी आज"


जिउन नचाहदा नचाहदै बध्याता म जिउनु पर्‍यो

अतितका कथाहरु सकी नसकी अनास्य भुल्नु पर्‍यो

दर्दर पिडाहरु मन भित्र पकाउदै

छिद्र दात देखाएर हाँस्दै हिंड्नु पर्‍यो

मनको आशा जलौदै गह भरी आशु लिइ

मिर्तुको ख्याल ले भनु या आफ्नै भुलले

आज उनको साथ गुमाउनु पर्‍यो

को हो को हो कता कता कस्को यादले

बर बरती आशु झर्दै महिले मुटु फुटाहुनु पर्‍यो

आशाका कोपिला फुलाउने हरुले बिदा माग्दा

मन भित्र आगो लगाइ थामिएर बाच्नु पर्‍यो

यसैको कारणले होला सबै संसार पागल देख्नु पर्‍यो

जिउन नचाहदा नचाहदै बध्याता म जिउनु पर्‍यो

अतितका कथाहरु सकी नसकी अनास्य भुल्नु पर्‍यो

"बिकास" (घायल)

माया गरे जसलाई


माया गरे जसलाई उहिनै पराइ भई दियो

जीन्दगी सम्झे जसलाई उहिनै अरुको भैदियो

चाहना थियो सबैको सामु तिम्रो सिउदो सजाउने

रहर थियो जीन्दगी भरि तिम्रो साथ बिताउने

साचो माया गर्छु भनि बिश्वास दिननसक्नु भुल रहेछ मेरो

मायाको भावले मन जित्न नसक्नु दोष रहेछ मेरो

अरुको नामको सिंदुर पोते लगाए पनि

माया मेरो हुन्छ पवित्र तिम्रो लागि

खुशी दियोस उसले म भन्दा बेशी

हेर्ने छु उसको मायामा म आफ्नो मायाको छाया

जीवन खुशीले रहोस तिम्रो सदैब

अमर रहोस माया तिमी दुइको

यहि छ शुभकामना म दु:खी म दु :खीको

माया गरे जसलाई उहिनै पराइ भई दियो

जीन्दगी सम्झे जसलाई उहिनै अरुको भैदियो

उही नै पराइ भई दियो

उहिनै अरुको भईदियो

....... बिकाश (घायल ).....

Wednesday, October 19, 2011

जिन्दगीको फल


तिमी लाई माया गरि ठुलो भुल गरे मैले

हतारको निर्णय फुर्सदमा पछुताय अहिले

जिन्दगीको चाहना लाई धेरै टाढा उडाई दिए

तिमी लाई सम्झदा अरुलाई नै बिर्सिदिए

तिम्रो निम्ति घाटी रेट्न तयार हुदा खेरि

अबिस्वश्को प्रस्ताब तिमी ल्याउन खोज्थ्यो

संसारको सबै भन्दा बढी माया गर्दा खेरि

मलाई तड्पाई तड्पाई अरुलाई नै रोज्थ्यो

पेसा रैछ तिम्रो, चोखो मायालाई घात गर्नु

दुनियाको सामु बनायौ मलाई बाच्नु न मर्नु

कस्तो रएछ तिम्रो मन चोखो माया नचिन्ने

मलाई जिउदो लास बनाई अरु संग हिड्ने

सोचेनौ कती दुख्यो यो मुटुमा चोट लीइ जिउदा

कती गह्रो भयो होला महिले एक्लै आशु पिउदा

मदिराको नशा दियो त्यही नशाको साथ लाग्यो

आजभोली तिम्रो भन्दा उसकै माया धरै लाग्यो

भट्टीतिर डुल्दा खेरि कति रात त्यतै बिते

तिमीले माया गरेको भए मान्छे बन्ने थिए

तिमी लाई माया गर्नु मेरो ठुलो भुल थियो

त्यहि मायाको बद्ला मदिराको मूल दियौ

साथी सङी सबै सित मेरो बारे सोध्छौ अरे

साझ पर्दा निहुपारी भट्टीको बाटो हिड्छौ अरे

मलाई माया गर्छौं भने तिमी पनि भट्टी खोल

पिउन आउने क्रम मा फेरी आखा जुध्न सक्छ

तिमी लाई पाए भने मेरो बानी छुट्न सक्छ

"बिकाश" ( घायल )

बाचेको छु म


आँसुको सागरमा डुबेता पनि

बिहानिको फुल संगै हाँसेको छु

मुटुमा असाय चोट र पिडा भए पनि

यिनैलाई साथी मानी बाँचेको छु

आसाको दियो हुरिले निभाएता पनि

दियो बाल्न तेल मैले साचेको छु

इक्ष्या र अकक्ष्याहरु खाडल्मा पुरियता पनि

भाग्य कोर्ने बिधाता लाई सम्झिएर बाचेको छु

जिन्दगीको गोरेटोमा असफलता मात्रै मिले पनि

सफलताको एक छेडलाई धैरेता साथ कुरेको छु

हरेक पल उदास रहेपनि

उत्साह र उमङ्गको प्रतिक्षयामा बाँचेको छु

बाच्ने इच्छा छैन मेरो

किन होला कुनी

जहाँ जन्छु भिरैमा खस्छु

कस्तो पहेछु जुनी

"बिकास" (घायल)

"जीन्दगी"


जिन्दगी आकाशिदो चंगा हो

जुनसुकै बेला पनि चुड्न सक्छ

जिन्दगी शिसै शिशाको घर हो

जहिले पनि फुट्न सक्छ

जिन्दगी बर्षाको खहरे भेल हो

जहिले सुकै सुक्न सक्छ

जीन्दगी एक जीवन यात्रा हो

बाटोमा जे पनि भेट्न सक्छ

जिन्दगी एक मिर्ग तिर्शना हो

त्यासलाई भेटाउने खोजीमा तडपिना पनि सक्छ

जिन्दगी कल कल बगेको झरना हो

निर्मल र गति सिल हुदै बग्नु पर्छ

जिन्दगी पहरा मा फुलेको फुल हो

कठोर परिस्थितिमा पनि फुल्न सक्नु पर्छ

जिन्दगी एक रंग मन्च हो

आफ्नो भूमिका अनुरुप कार्य गर्नु पर्छ

"बिकाश" (घायल)