.


.

aaaaaaaaaaaa

  • Bikash Shah

    दु:खनै दु:ख हो जिन्दगी !सुख त केवल सपना मात्र हो! आँशु नै आँशु हो जिन्दगी ! हासो त केवल कल्पना मात्र हो !

  • Bikash Shah

    पहाडको छोरो भनि गीत गाउनु कसरी खै ढाका टोपी यो शिरमा अब लाउनु कसरी खै ||

  • सुख भए साथ हुने

    सुख भए साथ हुने दु:ख हुँदा गुफा पस्ने रैछौ तिमी दुई दिन माया गर्ने अलि पछी छुरा धस्ने रैछौ तिमी || आफ्नो स्वार्थ हुँदा सम्म आकाशको तारा पनि झार्ने भन्यौ स्वार्थ पुरा भए पछी काली नाग जस्तो डस्ने रैछौ तिमी ||

Thursday, October 27, 2011

"घर आउन पाइन दिदि "


!!!! तिहारको खुशी संगै प्रदेशी लाई दिदीबहिनीको यादले सताएको बेला कोरेको यो सानो गजल हजुर हरु सामु पस्केको छु आशा छ मुल्यांकन गरि त्रुटीहरु देखाई दिनु हुने छ !!!!

अरुको दास हुनाले घर आउन पाइन दिदि !

यो साल सप्तरंगी टिका लाउन पाइन दिदि !!

प्रदेशमा साथी सङ्घी सँग रमाइलो गरे पनि !

पल्लो गाउँमा गइ देउसी गाउन पाइन दिदि !!

तिमी पराइको डोली चढेर गाएको दिन देखि !

तिम्रो त्यो काखमा बसी रमाउन पाइन दिदि!!

तोते बाल्दै तिम्रै हात समाई गाउँ डुल्ने गर्थ्ये !

अबत धेरै भयो त्यो हात समाउन पाइन दिदि !!

मुग्लाने भाइको बाटो हेर्दै रोहेको ति चेलीलाई !

अझै गुनियो चोली दिई हसाउन पाइन दिदि !!

"बिकाश (घायल)"

0 comments: