.


.

aaaaaaaaaaaa

  • Bikash Shah

    दु:खनै दु:ख हो जिन्दगी !सुख त केवल सपना मात्र हो! आँशु नै आँशु हो जिन्दगी ! हासो त केवल कल्पना मात्र हो !

  • Bikash Shah

    पहाडको छोरो भनि गीत गाउनु कसरी खै ढाका टोपी यो शिरमा अब लाउनु कसरी खै ||

  • सुख भए साथ हुने

    सुख भए साथ हुने दु:ख हुँदा गुफा पस्ने रैछौ तिमी दुई दिन माया गर्ने अलि पछी छुरा धस्ने रैछौ तिमी || आफ्नो स्वार्थ हुँदा सम्म आकाशको तारा पनि झार्ने भन्यौ स्वार्थ पुरा भए पछी काली नाग जस्तो डस्ने रैछौ तिमी ||

Monday, November 21, 2011

"अजम्बरी न्यानो साथ"


अजम्बरी न्यानो साथ मा'ग्या थिएँ तिमीसंग

बास बस्न भित्रि आँत मा'ग्या थिएँ तिमीसंग


चोटैचोटले जिन्दगि यो धुजा धुजा पारे पछी

राहतको मिठो बात मा'ग्या थिएँ तिमीसंग


बेदनाको ओडारमा गुम्सिएर बस्दा मैले

साहारामा तिम्रो हात मा'ग्या थिएँ तिमीसंग


जिन्दगीका चाहहरु अधेंरीमा डुब्न लाग्दा

चाँदनीको नौलो रात मा'ग्या थिएँ तिमीसंग


परेलीमा आँशु आइ खुशीहरु छेकीदिंदा

मनभरि सुख खात मा'ग्या थिएँ तिमीसंग



"बिकाश"(घायल)