.


.

aaaaaaaaaaaa

  • Bikash Shah

    दु:खनै दु:ख हो जिन्दगी !सुख त केवल सपना मात्र हो! आँशु नै आँशु हो जिन्दगी ! हासो त केवल कल्पना मात्र हो !

  • Bikash Shah

    पहाडको छोरो भनि गीत गाउनु कसरी खै ढाका टोपी यो शिरमा अब लाउनु कसरी खै ||

  • सुख भए साथ हुने

    सुख भए साथ हुने दु:ख हुँदा गुफा पस्ने रैछौ तिमी दुई दिन माया गर्ने अलि पछी छुरा धस्ने रैछौ तिमी || आफ्नो स्वार्थ हुँदा सम्म आकाशको तारा पनि झार्ने भन्यौ स्वार्थ पुरा भए पछी काली नाग जस्तो डस्ने रैछौ तिमी ||

Friday, December 30, 2011

पहाडको छोरो भनि



पहाडको छोरो भनि गीत गाउनु कसरी खै
ढाका टोपी यो शिरमा अब लाउनु कसरी खै ||

जहाँ जान्छु आज भोलि मधेशको कुरा आउछ
हाम्रो पनि अलिकति भाग पाउनु कसरी खै ||

कालो गोरो छाला फरक सोच्ने हरु धेरै यहाँ
हामी एकै जनता भनि मुख बाउनु कसरी खै ||

राष्ट्र सेवा गर्ने धोको मलाइ पनि लागेको हो
जंगी अड्डा हाम्रो भनि हामी धाउनु कसरी खै ||

एउटा सिंगो राष्ट्र हाम्रो दुई टुक्रा भए पछी
लेक बाट बेँसी तिर अब आउनु कसरी खै ||

घर मेरो पहाडमा जग्गा चै छ तराइमा
पाहाडीको गोरुले त्यो खेत साउनु कसरी खै||

विरताले भरिएको राज्य हाम्रो ध्वस्त हुँदा
अब हामी बिर भनी खुशी छाउनु कसरी खै ||


"बिकाश "(घायल)

सुख भए साथ हुने


सुख भए साथ हुने दु:ख हुँदा गुफा पस्ने रैछौ तिमी
दुई दिन माया गर्ने अलि पछी छुरा धस्ने रैछौ तिमी ||

आफ्नो स्वार्थ हुँदा सम्म आकाशको तारा पनि झार्ने भन्यौ
स्वार्थ पुरा भए पछी काली नाग जस्तो डस्ने रैछौ तिमी ||

जोरी शत्रु मास्नु पर्छ तिमी आउ संग संगै भनी आज
बैरी सामु मलाई अघि बढाई आफु पछी बस्ने रैछौ तिमी ||

जे छ तिम्रो खुसी छु म मायामा त धनि गरिब हुन्न भनी
जसले पैसा देखाउछ उसै तिर छिटै फस्ने रैछौ तिमी ||

तिमी मेरो दिलको राजा तिमीलाई काट्दा मलाई दुख्छ भन्थ्यौ
यो ज्यानमा घाउ लाग्दा मलम होइन चुक घस्ने रैछौ तिमी ||


"बिकाश"(घायल)

तिम्रो यादमा धेरै गल्दै गाको छु म


तिम्रो यादमा धेरै गल्दै गाको छु म
आफ्नै मनको ताप्ले जल्दै गाको छु म !!

खाटा बसी सकेको घाउ बल्झिएर
मुर्छित भइ फेरी ढल्दै गाको छु म !!

हासो भन्दा आँशु धेरै बर्सी दिदा
खुसी भेट्ने बाटो छल्दै गाको छु म !!

जिन्दगीले आपंग नै पारे पछी
घिर्सियर अघि चल्दै गाको छु म !!

अमृत फल्ने हाँगा हरु ओइली जादा
बिष सरी आज फल्दै गाको छु म !!

"बिकाश"(घायल)

तिम्ले साथ छोडेर म

तिम्ले साथ छोडेर म एक्लो हुने छैन अब
तिमी जस्तो धोकेबाज सम्झी रुने छैन अब !!

जती माया गर्नु थियो सबै गरि सके तिम्लाई
भुलेरनी त्यो तस्बिर@@तिम्रो छुने छैन अब !!

तिमी गयौं तिमी संगै चोट पिडा पठाई दिए
सम्झिएर आँशुले यो मन धुने छैन अब !!


"बिकाश"( घायल )

बिकासको ज्वाला फुटाउ


बिकासको ज्वाला फुटाउ साथमा नै हुन्छु नि म
तिमी अघि बढ्छु भन तिम्रो हात छुन्छु नि म !!

लुटिएको भूमी हाम्रो फिर्ता गर्छु भन तिमी
देश द्रोही जती सबै झिर भित्र उन्छु नि म !!

भ्रष्टचार अन्त्य गरि समुन्नत राष्ट्र बनाऊ
लुटि खाने समाउँन माहा जाल बुन्छु नि म !!

सयौ बर्ष फैली राको ति दुर्गन्ध एका एक
रगत हैन विवेकको खोलि बगाई धुन्छु नि म !!

तिमीमाथि आपत् बिपत् आई परे कहिँ कतै
हाँस्दा तिमी सँगै हाँस्छु, रुँदासँगै रुन्छु नि म !!



बिकाश ( घायल )

Wednesday, December 28, 2011

"ब्रजपातको पर्खाल ढालेर"


ब्रजपातको पर्खाल ढालेर हिड्न खोज्दै छु
फाटेको यो जिन्दगी टालेर हिड्न खोज्दै छु ll

हजारौ ति आशाका कोपिला गर्भ मै ओइलिदा
नयाँ आशा दिलमा पालेर हिड्न खोज्दै छु ll

जिन्दगीको हरेक चाहना शिशा झैँ फुटेर
चोट पिडा मनमा गालेर हिड्न खोज्दै छु ll

सारा सपना भुसको आगो झैँ दन्किदा
जलेका ती सपना फालेर हिड्न खोज्दै छु ll

जीवन मेरो भएछी औशीको अँधेरी सरह
रोशनी खोज्न दियालो बालेर हिड्न खोज्दै छु ll


"बिकाश "(घायल)

बैरी सामु नझुकेको शिर


बैरी सामु नझुकेको शिर हाम्रो झुक्ने भयो
कैदीलाई नी सहिद मै गन्दा सबले थुक्ने भयो ll

जनता भन्दा मन्त्रि धेरै बनाउन थाले पछी
ढुंगा जस्तो रास्ट्र पनि एका एक चुक्ने भयो ll

समुन्नत सु सम्पन त्यो नेपाल हेर्ने सपना
फल्न फुल्न नपाउदै गर्वमा नै सुक्ने भयो ll

भिर बाट लड्ने देखि झुण्डी मर्ने सहिद रे
लास देख्दा स्याल गिद्ध सबै आज लुक्ने भयो ll

ज्यानमारा चोर ठग सबै नेता भए पछी
कुकुरले नी सदस्यता देउ भनी भुक्ने भयो ll



बिकाश (घायल)

आफ्नै बाट धोका खाइ


आफ्नै बाट धोका खाइ एक्लो भा'को मान्छे हजुर
सधै भरि बिछोडको गीत गा'को मान्छे हजुर ll

दिन रात देवी सरी पुजी मुटु भित्र राख्दा
कैले भुल्न नसकने चोट पा'को मान्छे हजुर ll

मेरो माया जति सबै पापीनीले लुटे पछि
रित्तो दिल बोकी जोगी हुन ला'को मान्छे हजुर ll

स्वार्थि यो संसारमा स्वार्थ हेर्न नसकेर
आउदा नै जाने पनि कसम खा'को मान्छे हजुर ll

हरपल तड्पिएर बाँच्नु भन्दा मर्छु भनी
यमराज कहाँ मृत्यु माग्न धा'को मान्छे हजुर ll

(बिकाश) "घायल "

मेरो माया चटक्कै मारेर


मेरो माया चटक्कै मारेर गयौं रातो डोलीमा l
चरीले झैँ बसाइ नै सारेर गयौं रातो डोलीमा ll

हात समाई मायाको सागर संगै तर्ने भन्दै l
मलाई वारी घाटमै झारेर गयौं रातो डोलीमा ll

सातै जुनी चखेबा जोडी झैँ बिताउने हो भनी l
आज एक्ले बर झैँ पारेर गयौं रातो डोलीमा ll

तिमी मेरो दिलको राजा हो भनि कसम खाएर l
भेट्न जाने बाटो नै बारेर गयौं रातो डोलीमा ll

जिन्दगीमा खुसीको सुनामी ल्याउने छु भनेर l
घाइते पारि मुटु नै फारेर गयौं रातो डोलीमा ll


"बिकाश"(घायल)

संगै बसी मनका कुरा


संगै बसी मनका कुरा गरौँ झैँ लाग्यो
मुटु भरि तिम्रै माया भरौं झैँ लाग्यो ll

हाम्रो भेट हुने दिन टाडीदै जादा
तिम्रै गाउँ तिर बसाइ सरौं झैँ लाग्यो ll

कता कता मौलाउदै गरेको माया
त्यो दिलको कुना कानी छरौ झैँ लाग्यो ll

अब सबै अतितका संसार भुली
सातै जुनी तिम्रै भर परौ झैँ लाग्यो ll

तिमीलाई बचनको डोरीले बाधी
संगै बाची संग संगै मरौ झैँ लाग्यो ll


"बिकाश"(घायल)...

Thursday, December 22, 2011

"साथ खोज्दा"


साथ खोज्दा मुटुमा झन पिडा भर्दै छन्

आलो घाउमा मलम भन्दै चुक छर्दै छन् ll


मनोरम संसार त्यो देखाई दिन्छु भन्दै

झन दु:खको भारी बोकाई घात गर्दै छन् ll


यो घायल दिल संग नाता गास्छु भनि

घर न घाट मलाइ पारि अन्त सर्दै छन् ll


जोडी ढुकुर हुने भन्दै धोका दिंदा आज

अब सारा बाच्ने मेरा आशा मर्दै छन् ll


घातिले त ब्रजपात गरि गयो गयो

दैबले नी किन मेरै खुशी हर्दै छन् ll


"बिकाश "(घायल

Monday, December 19, 2011

ल्यापटप किन्दा ध्यान दिनुपर्ने कुराहरु

सूचना प्रविधिको द्रुत विकास, इलेक्ट्रोनिक सामानको सुलभता र नेपालमा बढ्दो लोडसेडिङको कारणले पनि हुन सक्छ, केही वर्ष अघिसम्म डेस्कटप कम्प्युटरले काम चलाइरहेका (शहरिया) आम उपभोक्ताको पहुँच ल्यापटप कम्प्युटरमा पुगिसकेको छ । एक दशक पनि बितेको छैन, नाम चलेको ब्राण्डको डेस्कटप कम्प्युटर खरीद गर्न आधा लाख हाराहारीको बजेट विनियोजन गर्नु पर्दथ्यो तर आज सोही मूल्यमा अफिस वा दैनिक कामकाजको लागि उत्तम मानिने ल्यापटप बजारमा पाइन्छ । बजारमा डेल, एचपी कम्प्याक, सोनी, लेनेभो, एमएसआई, ह्यासी आदि ब्राण्डका ल्यापटप पाइन्छ ।

ल्यापटप खरिद गर्नुअघि ध्यान नपुर्‍याउने हो भने ब्राण्डकै कारणले वा अनावश्यक हार्डवेयर जडान गरिएको कारणले मूल्य बढी तिर्नुपर्ने वा आफ्नो आवश्यकतासँग मेल नखाने पनि हुन सक्दछ । आउनुहोस्, साधारणतया ल्यापटप खरिद गर्नुअघि के–के कुरामा बिचार गर्नु पर्दछ, त्यसबारे कुरा गरौं ।

तौल: साधारणतया ल्यापटपको तौल र यसको मूल्य व्युतक्रमानुपातिक हुन्छ । अफिस वा घरमा दैनिक प्रयोगको लागि उपयुक्त मानिने सानो स्क्रीन भएका, सस्ता ल्यापटपहरु हलुका हुन्छन् । गेमिङ सिरिज कम्प्युटरमा गेम खेल्नको लागि उपयुक्त मानिने, मल्टीमिडीया (ग्राफिक्स, थ्री डी भिडियो आदि) जस्ता विशेष प्रयोजनको लागि खरिद गरिने ल्यापटपहरु त्यसमा भएको हार्डवेयरको कारणले गह्रुङ्गा हुन्छन् । त्यसैले आफुले खरिद गर्न लागेको ल्यापटप कुन प्रयोजनको लागि लिन लागेको हो, सोही कुरा दृष्टिगत गर्दै बिक्रेताले मेमोरी पनि बढाएर बिक्री गर्ने गर्दछन् ।

यस्तोमा तपाईंको बजेट ७ हजारदेखि र १५ हजारसम्म बढ्न सक्दछ । कोर आई सेभेन प्रोसेसर गेमिङ सिरिज तथा मल्टीमिडिया सिस्टमको लागि उपयुक्त हुन्छ । प्रोसेसरले कम्प्युटर एप्लीकेशन तथा प्रयोगकर्ताले दिएको कमान्डलाई कम्प्युटरको भाषामा प्रोसेस (एक्जीक्युट) गर्ने गर्दछ भनें मेमोरीले चलिरहेका प्रोग्राम स्टोर गरेर राख्ने गर्दछ । तसर्थ, कम्प्युटरमा प्रोसेसरमात्र बढाएर हुँदैन, मेमोरी पनि त्यसैगरी बढाउनु पर्दछ ।

पावर: साधरणतया ६ सेल ब्याट्री भएका ल्यापटपहरुले साढे दुईदेखि तीन घण्टासम्मको पावर ब्याक अप दिन्छ भने विशेष प्रयोजनको खरिद गरिने बजार मूल्यभन्दा अलि महङ्गा ९ सेल ब्याट्री भएका ल्यापटपहरुले चार, पाँच घण्टासम्मको ब्याक अप दिन्छ । नयाँ ल्यापटप खरिद गर्दा वितरकले दिने ब्याट्रीको ग्यारेण्टी र ग्यारेण्टी पिरियड सकिएपछि बजारमा सो मोडलको ब्याट्री उपलब्ध हुने नहुने बुझेर निर्णय गर्नु उत्तम हुन्छ ।

कुनै पनि ल्यापटपको मोडल पुरानो हुँदै गएपछि उत्पादकले त्यसको स्पेयर्स पार्ट्स उत्पादन बन्द गर्ने गर्दछ । यस्तो अवस्थामा सो ब्राण्डलाई उपयुक्त हुने गरीका चाइनिज बजारबाट आयात गरिएका पार्ट्स (ब्याट्री लगायत) प्रयोग गर्न सकिन्छ । जुन मूल्य आदिको हिसाबले किफायती देखिन्छन् ।

प्रोसेसर तथा मेमोरी: अफिस वा घरमा इन्टरनेट चलाउन तथा सानातिना काम गर्न कोर टु डुबो, कोर आई थ्री प्रोसेसर भएका ल्यापटप उपयुक्त हुन्छन् तर कोर आई फाईभ प्रोसेसर राखे भयो ।

वारेन्टी/ग्यारेण्टी: कुनै ब्राण्ड विशेषको ल्यापटप खरिद गर्नुअघि त्यस सामानमा दिइने वारेण्टी र ग्यारेण्टी बारे प्रष्ट हुनु पर्दछ । दुई–चार हजार बढी तिर्दैमा वारेण्टी पिरियड बढी पाइन्छ भने त्यसै गर्नु उत्तम हुन्छ तर सो कस्तो प्रकारको वारेण्टी “मर्मत मात्र गर्ने कि बिग्रेको सामानको रिप्लेसमेन्ट पाइने हो” केही भइपरी आएमा कति दिनभित्रमा टुङ्गो लगाइन्छ ? सो पनि निक्र्यौल गर्नु पर्दछ ।

अपरेटिङ सिस्टम: साधारणतया कुनै पनि उत्पादक कम्पनीको अधिकृत विक्रेता मार्फत खरिद गरिएको ल्यापटपमा सिरियल ‘की’सहितको जेन्युन अपरेटिङ सिस्टम (विन्डोज) इन्स्टल गरिएको हुन्छ तर अपरेटिङ सिष्टम इन्स्टल नगरिएको ल्यापटप खरिद गर्नुभयो भने ६ देखि १० हजारसम्मको छुट पाउनुहुन्छ । वास्तवमा कम्पनीले अपरेटिङ सिस्टम उत्पादन कम्पनीसँग ओएस खरिद गरेर प्री–इन्स्टल गरी बेच्ने भए पनि त्यसको मूल्य पहिले नै ल्यापटपको मुल्यसँग जोडेर लिने हुनाले महङ्गो हुने गर्दछ । नेपालको परिप्रेक्ष्यमा सबैजसो सफ्टवेयर पाइरेटेड प्रयोग गरिने हुँदा आफ्नो बजेट कम गर्न फ्री डस अपरेटिङ सिष्टम नराखेको ल्यापटप खरिद गर्नु बजेटको हिसाबले उपयुक्त हुन्छ । विकल्पमा लिनक्स अपरेटिङ सिस्टम प्रयोग गर्न सक्नुहुन्छ ।

ब्राण्ड: एउटै हार्डवेयर कन्फीगुरेशनका दुईवटा फरक–फरक कम्पनीका ल्यापटपको मूल्यमा पनि उल्लेखनीय असमानता हुन सक्दछ । मूल्य बढी भयो भन्दैमा सामान राम्रो भन्न सकिन्न । त्यसैले नाम चलेको ब्राण्डको ल्यापटप खरिद गर्नुअघि इन्टरनेटमा त्यसको ‘युजर्स रिभ्यु’ पढ्नु उपयुक्त हुन्छ । बजारमा कुनै पनि ब्राण्डको लोकप्रियता त्यसको सामानले भन्दा पनि विज्ञापन, कम्पनीले बिक्रेतालाई दिने नाफा, सुविधा आदिमा निर्भर गर्दछ ।

इन्टरनेटमा उपलब्ध तथ्याङ्कअनुसार अहिले युरोपमा तोसिबा ब्राण्डको ल्यापटप लोकप्रिय छ भने अमेरिकी बजारमा एसर ब्राण्डको खपत बढ्दो छ । ताईवानमा उत्पादन हुने भए पनि नेपाली प्रयोगकर्ताको बजेट र बिक्रीपश्चात् दिइने सेवा (हार्डवेयरमा खराबी देखिएमा) बिचार गर्दा एमएसआई ब्राण्डको ल्यापटप पनि हाम्रो लागि राम्रो छ

Saturday, December 17, 2011

"संगै बसी मनका कुरा "


संगै बसी मनका कुरा गरौँ झैँ लाग्यो
मुटु भरि तिम्रै माया भरौं झैँ लाग्यो ll

हाम्रो भेट हुने दिन टाडीदै जादा
तिम्रै गाउँ तिर बसाइ सरौं झैँ लाग्यो ll

कता कता मौलाउदै गरेको माया
त्यो दिलको कुना कानी छरौ झैँ लाग्यो ll

अब सबै अतितका संसार भुली
सातै जुनी तिम्रै भर परौ झैँ लाग्यो ll

तिमीलाई बचनको डोरीले बाधी
संगै बाची संग संगै मरौ झैँ लाग्यो ll



"बिकाश"(घायल)

Thursday, December 8, 2011

साथ खोज्दा


साथ खोज्दा मुटुमा झन पिडा भर्दै छन्
आलो घाउमा मलम भन्दै चुक छर्दै छन् ll

मनोरम संसार त्यो देखाई दिन्छु भन्दै
झन दु:खको भारी बोकाई घात गर्दै छन् ll

यो घायल दिल संग नाता गास्छु भनि
घर न घाट मलाइ पारि अन्त सर्दै छन् ll

जोडी ढुकुर हुने भन्दै धोका दिंदा आज
अब सारा बाच्ने मेरा आशा मर्दै छन् ll

घातिले त ब्रजपात गरि गयो गयो
दैबले नी किन मेरै खुशी हर्दै छन् ll



"बिकाश "(घायल)