.


.

aaaaaaaaaaaa

  • Bikash Shah

    दु:खनै दु:ख हो जिन्दगी !सुख त केवल सपना मात्र हो! आँशु नै आँशु हो जिन्दगी ! हासो त केवल कल्पना मात्र हो !

  • Bikash Shah

    पहाडको छोरो भनि गीत गाउनु कसरी खै ढाका टोपी यो शिरमा अब लाउनु कसरी खै ||

  • सुख भए साथ हुने

    सुख भए साथ हुने दु:ख हुँदा गुफा पस्ने रैछौ तिमी दुई दिन माया गर्ने अलि पछी छुरा धस्ने रैछौ तिमी || आफ्नो स्वार्थ हुँदा सम्म आकाशको तारा पनि झार्ने भन्यौ स्वार्थ पुरा भए पछी काली नाग जस्तो डस्ने रैछौ तिमी ||

Monday, December 19, 2011

ल्यापटप किन्दा ध्यान दिनुपर्ने कुराहरु

सूचना प्रविधिको द्रुत विकास, इलेक्ट्रोनिक सामानको सुलभता र नेपालमा बढ्दो लोडसेडिङको कारणले पनि हुन सक्छ, केही वर्ष अघिसम्म डेस्कटप कम्प्युटरले काम चलाइरहेका (शहरिया) आम उपभोक्ताको पहुँच ल्यापटप कम्प्युटरमा पुगिसकेको छ । एक दशक पनि बितेको छैन, नाम चलेको ब्राण्डको डेस्कटप कम्प्युटर खरीद गर्न आधा लाख हाराहारीको बजेट विनियोजन गर्नु पर्दथ्यो तर आज सोही मूल्यमा अफिस वा दैनिक कामकाजको लागि उत्तम मानिने ल्यापटप बजारमा पाइन्छ । बजारमा डेल, एचपी कम्प्याक, सोनी, लेनेभो, एमएसआई, ह्यासी आदि ब्राण्डका ल्यापटप पाइन्छ ।

ल्यापटप खरिद गर्नुअघि ध्यान नपुर्‍याउने हो भने ब्राण्डकै कारणले वा अनावश्यक हार्डवेयर जडान गरिएको कारणले मूल्य बढी तिर्नुपर्ने वा आफ्नो आवश्यकतासँग मेल नखाने पनि हुन सक्दछ । आउनुहोस्, साधारणतया ल्यापटप खरिद गर्नुअघि के–के कुरामा बिचार गर्नु पर्दछ, त्यसबारे कुरा गरौं ।

तौल: साधारणतया ल्यापटपको तौल र यसको मूल्य व्युतक्रमानुपातिक हुन्छ । अफिस वा घरमा दैनिक प्रयोगको लागि उपयुक्त मानिने सानो स्क्रीन भएका, सस्ता ल्यापटपहरु हलुका हुन्छन् । गेमिङ सिरिज कम्प्युटरमा गेम खेल्नको लागि उपयुक्त मानिने, मल्टीमिडीया (ग्राफिक्स, थ्री डी भिडियो आदि) जस्ता विशेष प्रयोजनको लागि खरिद गरिने ल्यापटपहरु त्यसमा भएको हार्डवेयरको कारणले गह्रुङ्गा हुन्छन् । त्यसैले आफुले खरिद गर्न लागेको ल्यापटप कुन प्रयोजनको लागि लिन लागेको हो, सोही कुरा दृष्टिगत गर्दै बिक्रेताले मेमोरी पनि बढाएर बिक्री गर्ने गर्दछन् ।

यस्तोमा तपाईंको बजेट ७ हजारदेखि र १५ हजारसम्म बढ्न सक्दछ । कोर आई सेभेन प्रोसेसर गेमिङ सिरिज तथा मल्टीमिडिया सिस्टमको लागि उपयुक्त हुन्छ । प्रोसेसरले कम्प्युटर एप्लीकेशन तथा प्रयोगकर्ताले दिएको कमान्डलाई कम्प्युटरको भाषामा प्रोसेस (एक्जीक्युट) गर्ने गर्दछ भनें मेमोरीले चलिरहेका प्रोग्राम स्टोर गरेर राख्ने गर्दछ । तसर्थ, कम्प्युटरमा प्रोसेसरमात्र बढाएर हुँदैन, मेमोरी पनि त्यसैगरी बढाउनु पर्दछ ।

पावर: साधरणतया ६ सेल ब्याट्री भएका ल्यापटपहरुले साढे दुईदेखि तीन घण्टासम्मको पावर ब्याक अप दिन्छ भने विशेष प्रयोजनको खरिद गरिने बजार मूल्यभन्दा अलि महङ्गा ९ सेल ब्याट्री भएका ल्यापटपहरुले चार, पाँच घण्टासम्मको ब्याक अप दिन्छ । नयाँ ल्यापटप खरिद गर्दा वितरकले दिने ब्याट्रीको ग्यारेण्टी र ग्यारेण्टी पिरियड सकिएपछि बजारमा सो मोडलको ब्याट्री उपलब्ध हुने नहुने बुझेर निर्णय गर्नु उत्तम हुन्छ ।

कुनै पनि ल्यापटपको मोडल पुरानो हुँदै गएपछि उत्पादकले त्यसको स्पेयर्स पार्ट्स उत्पादन बन्द गर्ने गर्दछ । यस्तो अवस्थामा सो ब्राण्डलाई उपयुक्त हुने गरीका चाइनिज बजारबाट आयात गरिएका पार्ट्स (ब्याट्री लगायत) प्रयोग गर्न सकिन्छ । जुन मूल्य आदिको हिसाबले किफायती देखिन्छन् ।

प्रोसेसर तथा मेमोरी: अफिस वा घरमा इन्टरनेट चलाउन तथा सानातिना काम गर्न कोर टु डुबो, कोर आई थ्री प्रोसेसर भएका ल्यापटप उपयुक्त हुन्छन् तर कोर आई फाईभ प्रोसेसर राखे भयो ।

वारेन्टी/ग्यारेण्टी: कुनै ब्राण्ड विशेषको ल्यापटप खरिद गर्नुअघि त्यस सामानमा दिइने वारेण्टी र ग्यारेण्टी बारे प्रष्ट हुनु पर्दछ । दुई–चार हजार बढी तिर्दैमा वारेण्टी पिरियड बढी पाइन्छ भने त्यसै गर्नु उत्तम हुन्छ तर सो कस्तो प्रकारको वारेण्टी “मर्मत मात्र गर्ने कि बिग्रेको सामानको रिप्लेसमेन्ट पाइने हो” केही भइपरी आएमा कति दिनभित्रमा टुङ्गो लगाइन्छ ? सो पनि निक्र्यौल गर्नु पर्दछ ।

अपरेटिङ सिस्टम: साधारणतया कुनै पनि उत्पादक कम्पनीको अधिकृत विक्रेता मार्फत खरिद गरिएको ल्यापटपमा सिरियल ‘की’सहितको जेन्युन अपरेटिङ सिस्टम (विन्डोज) इन्स्टल गरिएको हुन्छ तर अपरेटिङ सिष्टम इन्स्टल नगरिएको ल्यापटप खरिद गर्नुभयो भने ६ देखि १० हजारसम्मको छुट पाउनुहुन्छ । वास्तवमा कम्पनीले अपरेटिङ सिस्टम उत्पादन कम्पनीसँग ओएस खरिद गरेर प्री–इन्स्टल गरी बेच्ने भए पनि त्यसको मूल्य पहिले नै ल्यापटपको मुल्यसँग जोडेर लिने हुनाले महङ्गो हुने गर्दछ । नेपालको परिप्रेक्ष्यमा सबैजसो सफ्टवेयर पाइरेटेड प्रयोग गरिने हुँदा आफ्नो बजेट कम गर्न फ्री डस अपरेटिङ सिष्टम नराखेको ल्यापटप खरिद गर्नु बजेटको हिसाबले उपयुक्त हुन्छ । विकल्पमा लिनक्स अपरेटिङ सिस्टम प्रयोग गर्न सक्नुहुन्छ ।

ब्राण्ड: एउटै हार्डवेयर कन्फीगुरेशनका दुईवटा फरक–फरक कम्पनीका ल्यापटपको मूल्यमा पनि उल्लेखनीय असमानता हुन सक्दछ । मूल्य बढी भयो भन्दैमा सामान राम्रो भन्न सकिन्न । त्यसैले नाम चलेको ब्राण्डको ल्यापटप खरिद गर्नुअघि इन्टरनेटमा त्यसको ‘युजर्स रिभ्यु’ पढ्नु उपयुक्त हुन्छ । बजारमा कुनै पनि ब्राण्डको लोकप्रियता त्यसको सामानले भन्दा पनि विज्ञापन, कम्पनीले बिक्रेतालाई दिने नाफा, सुविधा आदिमा निर्भर गर्दछ ।

इन्टरनेटमा उपलब्ध तथ्याङ्कअनुसार अहिले युरोपमा तोसिबा ब्राण्डको ल्यापटप लोकप्रिय छ भने अमेरिकी बजारमा एसर ब्राण्डको खपत बढ्दो छ । ताईवानमा उत्पादन हुने भए पनि नेपाली प्रयोगकर्ताको बजेट र बिक्रीपश्चात् दिइने सेवा (हार्डवेयरमा खराबी देखिएमा) बिचार गर्दा एमएसआई ब्राण्डको ल्यापटप पनि हाम्रो लागि राम्रो छ