धोका मिठो लाग्छ मलाई साथ चाहिंदैन
पल भरमा छाडि जाने हात चाहिंदैन
सधै भरि तिम्रो यादमा तड्पी रहे म
तिमि आउने सपनीका रात चाहिंदैन
तिमि आउने सपनीका रात चाहिंदैन
यहिँ हो जिन्दगि टुट्नु फुट्नु समेट्नु
खोक्रो आस्वासनको मिठो बात चाहिंदैन
खोक्रो आस्वासनको मिठो बात चाहिंदैन
खानु खाईसके ठक्कर एक पछी अर्को
चोखो मायाँ नचिन्ने त्यो कुजात चाहिंदैन
चोखो मायाँ नचिन्ने त्यो कुजात चाहिंदैन
धनि गरिब हुदो रैछ पिरतीमा पनि
तर मलाई सम्पतिको आघात चाहिंदैन
तर मलाई सम्पतिको आघात चाहिंदैन
"कविता श्रेष्ठ "





















Nepalese Rupee Converter











