.


.

aaaaaaaaaaaa

  • Bikash Shah

    दु:खनै दु:ख हो जिन्दगी !सुख त केवल सपना मात्र हो! आँशु नै आँशु हो जिन्दगी ! हासो त केवल कल्पना मात्र हो !

  • Bikash Shah

    पहाडको छोरो भनि गीत गाउनु कसरी खै ढाका टोपी यो शिरमा अब लाउनु कसरी खै ||

  • सुख भए साथ हुने

    सुख भए साथ हुने दु:ख हुँदा गुफा पस्ने रैछौ तिमी दुई दिन माया गर्ने अलि पछी छुरा धस्ने रैछौ तिमी || आफ्नो स्वार्थ हुँदा सम्म आकाशको तारा पनि झार्ने भन्यौ स्वार्थ पुरा भए पछी काली नाग जस्तो डस्ने रैछौ तिमी ||

Friday, February 10, 2012

नत माया नत घृणा गर्छौ तिमी

नत माया नत घृणा गर्छौ तिमी
नत टाढा नत छेवै सर्छौ तिमी ||

सधै भरि दोधारमा फस्यो जीवन
नत खुशी नत आँशु भर्छौ तिमी ||

तरवारको धारमा टेकी कति बसौं
नत आश नत लाश हर्छौ तिमी ||

जिन्दगीको सागरमा पूराइ आज
नत म नै नत आफै तर्छौ तिमी ||

कती बस्छौ झुन्डिएर त्यो भिरमा
नत उभै नत उधै झर्छौ तिमी ||


!!!!!!!!!बिकाश घायल!!!!!!!!

तिम्रो साथ पाएँ र त

तिम्रो साथ पाएँ र त संसार आफ्नै ठानेको छु
तिम्रै हात पाएँ र त संसार आफ्नै मानेको छु ||

टाढैबाट आँखा जुध्दा मुस्कुराई बोली हाल्यौ,
मीठो बात पाएँ र त नजरै ले हानेको छु ||

फूलजस्तो जवानीमा लठ्ठिए म के भो के भो
यस्तै मात पाएँ र त आफू तिरै तानेको छु ||

अँधेरीमा तारा हेर्दा तिम्रै रुप देख्छु त्यहाँ
नौलो रात पाएँ र त अन्धकार छानेको छु ||

दु:ख सुख जहिले नी तिमी मेरो भरोषा हौ
माया खात पाएँ र त यो मन लाई धानेको छु ||




"बिकाश"(घायल)

अरबको तातो हावा

मैले यहाँ धेरै दु:ख पाएको छु आमा
अरबको तातो हावा खाएको छु आमा ||

हराभरा स्वर्ग जस्तो जन्मभूमि छोडी
दु:ख भोग्न मुग्लानमा आएको छु आमा ||

बहुमुल्य रगत संग पैसा साट्न यहाँ
दिन रात कर्म गर्न धाएको छु आमा ||

गाउँ घर डाँडा पाखा सम्झी सम्झी रुदै
वेदनाको गीत मात्रै गाएको छु आमा ||

संगैबसी ढिडो गुन्द्रुक् खाको झल्को आज
सम्झनाको माला बनाइ लाएको छु आमा ||


बिकाश घायल

नङ मासु जस्तो साथ

नङ मासु जस्तो साथ छुट्टिदाको दिन रोएँ
भावी बाटै भाग्य सारा लुट्टीदाको दिन रोएँ ||

जिन्दगीको चल्ती रथ अचानक रोकिएर
अनगिन्ती सपनाहरु टुटिँदाको दिन रोएँ ||

थोपा थोपा रगतले जन्माएका हजारौं ति
रहरहरु त्यो हाँडीमा भुटिँदाको दिन रोएँ ||

भोक भोकै ब्रत बसी फूल पाती चढाएको
त्यहि दैवको लाठिबाट कुटिँदाको दिन रोएँ ||

जिन्दगीको भिख मागी त्यो मन्दिर धाउँदा झन
मुर्ति रुपी इश्वर पनि फुटिँदाको दिन रोएँ |

"बिकाश"(घायल)