
निर्दोष मेरो दिल , जलाएर गयौ तिमी
जिउदो लास सरि, ढलाएर गयौ तिमी ll
यसै गरि सँधै भरि,सँगै बाँच्ने मर्ने भनि
जगाई आशा मनमा,छलाएर गरौ तिमी ll
देउता सरि पुजी, मुटु भित्र राख्दा मैले
हृदय भित्र छुरा, चलाएर गयौ तिमी ll
दुनिया सामु शिर, उठाएर बाच्ने मेरा
सपना माथि आगो, लगाएर गयौ तिमी ll
चितामा मेरो लास, मलामीले घुमाउदा
डोलीमा पञ्चे बाजा, बजाएर गयौ तिमी ll
"बिकाश "(घायल)