.


.

aaaaaaaaaaaa

  • Bikash Shah

    दु:खनै दु:ख हो जिन्दगी !सुख त केवल सपना मात्र हो! आँशु नै आँशु हो जिन्दगी ! हासो त केवल कल्पना मात्र हो !

  • Bikash Shah

    पहाडको छोरो भनि गीत गाउनु कसरी खै ढाका टोपी यो शिरमा अब लाउनु कसरी खै ||

  • सुख भए साथ हुने

    सुख भए साथ हुने दु:ख हुँदा गुफा पस्ने रैछौ तिमी दुई दिन माया गर्ने अलि पछी छुरा धस्ने रैछौ तिमी || आफ्नो स्वार्थ हुँदा सम्म आकाशको तारा पनि झार्ने भन्यौ स्वार्थ पुरा भए पछी काली नाग जस्तो डस्ने रैछौ तिमी ||

Friday, November 4, 2011

तिमिले छोडी गए पछी(गित)

धोका त दिइगयौ मेरो मायाको नासो पर्काइदेउ
तिमिले त बिर्सि गयौ मलाइ पनि भुल्न सिकाइदेउ

जतिभुल्न खोज्छु तिमिलाइ झनै याद आउछ
सम्झे भने अतितलाइ मेरो आखा रसाउछ
तिमिले त छोडिगयौ मलाइ पनि रम्न सिकाइदेउ
धोका त दिइगयौ मेरो मायाको नासो पर्काइदेउ

तिमिले त भुल्न सक्यौ होला सम्झनाले मलाइ सताउछ
बितेका ति यादहरूले मेरो छाति जलाउछ
सारा कुरा बिर्सियर मलाइ पनि बाँच्न सिकाइदेउ
धोका त दिइगयौ मेरो मायाको नासो पर्काइदेउ

अमृत भण्डारी
newstahalka@yahoo.com
डाँडागाउ –७ सल्यान
हालः तुलसिपुर दाङ, कृतिपुर काठमाण्डौ

"उसैसंग माया प्रिती"



उसैसंग माया प्रिती जोडे हुन्छ अब !

मलाई यहि दोबाटोमा छोडे हुन्छ अब !!


दु:ख बेदना संग मै मितेरी गासौला !

रङ्गीन घुम्टो तिम्ले ओडे हुन्छ अब !!


देउराली भाकी खाएको बाचा कसम !

जवानीको खेल सम्झी तोडे हुन्छ अब !!


यहाँ मेरो सप्नाको बिरुवा मरे पनि !

त्यतै खुसीको बगैचा गोडे हुन्छ अब !!


एक्लै आँशु पिउने अठोट गरे मैले !

तिम्रो सोच विचार त्यो मोडे हुन्छ अब !!





"बिकाश "(घायल)