उसैसंग माया प्रिती जोडे हुन्छ अब !
मलाई यहि दोबाटोमा छोडे हुन्छ अब !!
दु:ख बेदना संग मै मितेरी गासौला !
रङ्गीन घुम्टो तिम्ले ओडे हुन्छ अब !!
देउराली भाकी खाएको बाचा कसम !
जवानीको खेल सम्झी तोडे हुन्छ अब !!
यहाँ मेरो सप्नाको बिरुवा मरे पनि !
त्यतै खुसीको बगैचा गोडे हुन्छ अब !!
एक्लै आँशु पिउने अठोट गरे मैले !
तिम्रो सोच विचार त्यो मोडे हुन्छ अब !!
"बिकाश "(घायल)
0 comments:
Post a Comment