.


.

aaaaaaaaaaaa

  • Bikash Shah

    दु:खनै दु:ख हो जिन्दगी !सुख त केवल सपना मात्र हो! आँशु नै आँशु हो जिन्दगी ! हासो त केवल कल्पना मात्र हो !

  • Bikash Shah

    पहाडको छोरो भनि गीत गाउनु कसरी खै ढाका टोपी यो शिरमा अब लाउनु कसरी खै ||

  • सुख भए साथ हुने

    सुख भए साथ हुने दु:ख हुँदा गुफा पस्ने रैछौ तिमी दुई दिन माया गर्ने अलि पछी छुरा धस्ने रैछौ तिमी || आफ्नो स्वार्थ हुँदा सम्म आकाशको तारा पनि झार्ने भन्यौ स्वार्थ पुरा भए पछी काली नाग जस्तो डस्ने रैछौ तिमी ||

Thursday, October 27, 2011

"घर आउन पाइन दिदि "


!!!! तिहारको खुशी संगै प्रदेशी लाई दिदीबहिनीको यादले सताएको बेला कोरेको यो सानो गजल हजुर हरु सामु पस्केको छु आशा छ मुल्यांकन गरि त्रुटीहरु देखाई दिनु हुने छ !!!!

अरुको दास हुनाले घर आउन पाइन दिदि !

यो साल सप्तरंगी टिका लाउन पाइन दिदि !!

प्रदेशमा साथी सङ्घी सँग रमाइलो गरे पनि !

पल्लो गाउँमा गइ देउसी गाउन पाइन दिदि !!

तिमी पराइको डोली चढेर गाएको दिन देखि !

तिम्रो त्यो काखमा बसी रमाउन पाइन दिदि!!

तोते बाल्दै तिम्रै हात समाई गाउँ डुल्ने गर्थ्ये !

अबत धेरै भयो त्यो हात समाउन पाइन दिदि !!

मुग्लाने भाइको बाटो हेर्दै रोहेको ति चेलीलाई !

अझै गुनियो चोली दिई हसाउन पाइन दिदि !!

"बिकाश (घायल)"

"हुने खानेको महलमा "


कैले आउने होला यी भरिया दाइले पनि हासेर चाडबाड मनाउने दिन ?भरिया दाइको लागि मैले केहि गर्न नसके पनि एउटा गजल लेख्ने कोसिस गरे कस्तो भयो मुल्यांकन गर्ने जिम्मा हजुरहरु लाई सुम्पिए प्रतिक्रिया दिन नभुल्नु होला

हुने खानेको महलमा तिहारको खुशीले छाउदै छ !

दुखी गरिबको झुपडीमा बेदनाको पहिरो आउदै छ !!

सबै छिमेकि टिकाको साहितमा रमाई बसी रहदा !

भारी बोक्ने भरिया भने भारीको खोजीमा धाउदै छ !!

जता ततै जुवाको खाल बस्न थाल्यो धनी काहाँ !

हली दाइ दक्षिना नहुनाले उधारो तिहार मनाउदै छ !!

सुट पाइट सिलाइ सके तिहारलाई साथी संगी दौतारिले !

ढाक्रे आफ्नो ढाकरले च्यातेको दौरा टालेर लाउदै छ!!

सुख काट्ने सुखिलाई सधैभरी ऐस आराम मात्रै थपिने !

जति दुख गरे पनि किन दुखीलाई दुख मात्रै खानाउदै छ !!

घर आगन कोठा कोठा रङ्गीन बतिले सजिदैछ शहरमा !

पाटी पैवामा बस्नेहरु आकाशको तारा हेरी टोलाउदै छ !!

"बिकाश" (घायल )