.


.

aaaaaaaaaaaa

  • Bikash Shah

    दु:खनै दु:ख हो जिन्दगी !सुख त केवल सपना मात्र हो! आँशु नै आँशु हो जिन्दगी ! हासो त केवल कल्पना मात्र हो !

  • Bikash Shah

    पहाडको छोरो भनि गीत गाउनु कसरी खै ढाका टोपी यो शिरमा अब लाउनु कसरी खै ||

  • सुख भए साथ हुने

    सुख भए साथ हुने दु:ख हुँदा गुफा पस्ने रैछौ तिमी दुई दिन माया गर्ने अलि पछी छुरा धस्ने रैछौ तिमी || आफ्नो स्वार्थ हुँदा सम्म आकाशको तारा पनि झार्ने भन्यौ स्वार्थ पुरा भए पछी काली नाग जस्तो डस्ने रैछौ तिमी ||

Wednesday, October 19, 2011

जिन्दगीको फल


तिमी लाई माया गरि ठुलो भुल गरे मैले

हतारको निर्णय फुर्सदमा पछुताय अहिले

जिन्दगीको चाहना लाई धेरै टाढा उडाई दिए

तिमी लाई सम्झदा अरुलाई नै बिर्सिदिए

तिम्रो निम्ति घाटी रेट्न तयार हुदा खेरि

अबिस्वश्को प्रस्ताब तिमी ल्याउन खोज्थ्यो

संसारको सबै भन्दा बढी माया गर्दा खेरि

मलाई तड्पाई तड्पाई अरुलाई नै रोज्थ्यो

पेसा रैछ तिम्रो, चोखो मायालाई घात गर्नु

दुनियाको सामु बनायौ मलाई बाच्नु न मर्नु

कस्तो रएछ तिम्रो मन चोखो माया नचिन्ने

मलाई जिउदो लास बनाई अरु संग हिड्ने

सोचेनौ कती दुख्यो यो मुटुमा चोट लीइ जिउदा

कती गह्रो भयो होला महिले एक्लै आशु पिउदा

मदिराको नशा दियो त्यही नशाको साथ लाग्यो

आजभोली तिम्रो भन्दा उसकै माया धरै लाग्यो

भट्टीतिर डुल्दा खेरि कति रात त्यतै बिते

तिमीले माया गरेको भए मान्छे बन्ने थिए

तिमी लाई माया गर्नु मेरो ठुलो भुल थियो

त्यहि मायाको बद्ला मदिराको मूल दियौ

साथी सङी सबै सित मेरो बारे सोध्छौ अरे

साझ पर्दा निहुपारी भट्टीको बाटो हिड्छौ अरे

मलाई माया गर्छौं भने तिमी पनि भट्टी खोल

पिउन आउने क्रम मा फेरी आखा जुध्न सक्छ

तिमी लाई पाए भने मेरो बानी छुट्न सक्छ

"बिकाश" ( घायल )

बाचेको छु म


आँसुको सागरमा डुबेता पनि

बिहानिको फुल संगै हाँसेको छु

मुटुमा असाय चोट र पिडा भए पनि

यिनैलाई साथी मानी बाँचेको छु

आसाको दियो हुरिले निभाएता पनि

दियो बाल्न तेल मैले साचेको छु

इक्ष्या र अकक्ष्याहरु खाडल्मा पुरियता पनि

भाग्य कोर्ने बिधाता लाई सम्झिएर बाचेको छु

जिन्दगीको गोरेटोमा असफलता मात्रै मिले पनि

सफलताको एक छेडलाई धैरेता साथ कुरेको छु

हरेक पल उदास रहेपनि

उत्साह र उमङ्गको प्रतिक्षयामा बाँचेको छु

बाच्ने इच्छा छैन मेरो

किन होला कुनी

जहाँ जन्छु भिरैमा खस्छु

कस्तो पहेछु जुनी

"बिकास" (घायल)

"जीन्दगी"


जिन्दगी आकाशिदो चंगा हो

जुनसुकै बेला पनि चुड्न सक्छ

जिन्दगी शिसै शिशाको घर हो

जहिले पनि फुट्न सक्छ

जिन्दगी बर्षाको खहरे भेल हो

जहिले सुकै सुक्न सक्छ

जीन्दगी एक जीवन यात्रा हो

बाटोमा जे पनि भेट्न सक्छ

जिन्दगी एक मिर्ग तिर्शना हो

त्यासलाई भेटाउने खोजीमा तडपिना पनि सक्छ

जिन्दगी कल कल बगेको झरना हो

निर्मल र गति सिल हुदै बग्नु पर्छ

जिन्दगी पहरा मा फुलेको फुल हो

कठोर परिस्थितिमा पनि फुल्न सक्नु पर्छ

जिन्दगी एक रंग मन्च हो

आफ्नो भूमिका अनुरुप कार्य गर्नु पर्छ

"बिकाश" (घायल)