.


.

aaaaaaaaaaaa

  • Bikash Shah

    दु:खनै दु:ख हो जिन्दगी !सुख त केवल सपना मात्र हो! आँशु नै आँशु हो जिन्दगी ! हासो त केवल कल्पना मात्र हो !

  • Bikash Shah

    पहाडको छोरो भनि गीत गाउनु कसरी खै ढाका टोपी यो शिरमा अब लाउनु कसरी खै ||

  • सुख भए साथ हुने

    सुख भए साथ हुने दु:ख हुँदा गुफा पस्ने रैछौ तिमी दुई दिन माया गर्ने अलि पछी छुरा धस्ने रैछौ तिमी || आफ्नो स्वार्थ हुँदा सम्म आकाशको तारा पनि झार्ने भन्यौ स्वार्थ पुरा भए पछी काली नाग जस्तो डस्ने रैछौ तिमी ||

Thursday, October 27, 2011

"घर आउन पाइन दिदि "


!!!! तिहारको खुशी संगै प्रदेशी लाई दिदीबहिनीको यादले सताएको बेला कोरेको यो सानो गजल हजुर हरु सामु पस्केको छु आशा छ मुल्यांकन गरि त्रुटीहरु देखाई दिनु हुने छ !!!!

अरुको दास हुनाले घर आउन पाइन दिदि !

यो साल सप्तरंगी टिका लाउन पाइन दिदि !!

प्रदेशमा साथी सङ्घी सँग रमाइलो गरे पनि !

पल्लो गाउँमा गइ देउसी गाउन पाइन दिदि !!

तिमी पराइको डोली चढेर गाएको दिन देखि !

तिम्रो त्यो काखमा बसी रमाउन पाइन दिदि!!

तोते बाल्दै तिम्रै हात समाई गाउँ डुल्ने गर्थ्ये !

अबत धेरै भयो त्यो हात समाउन पाइन दिदि !!

मुग्लाने भाइको बाटो हेर्दै रोहेको ति चेलीलाई !

अझै गुनियो चोली दिई हसाउन पाइन दिदि !!

"बिकाश (घायल)"

"हुने खानेको महलमा "


कैले आउने होला यी भरिया दाइले पनि हासेर चाडबाड मनाउने दिन ?भरिया दाइको लागि मैले केहि गर्न नसके पनि एउटा गजल लेख्ने कोसिस गरे कस्तो भयो मुल्यांकन गर्ने जिम्मा हजुरहरु लाई सुम्पिए प्रतिक्रिया दिन नभुल्नु होला

हुने खानेको महलमा तिहारको खुशीले छाउदै छ !

दुखी गरिबको झुपडीमा बेदनाको पहिरो आउदै छ !!

सबै छिमेकि टिकाको साहितमा रमाई बसी रहदा !

भारी बोक्ने भरिया भने भारीको खोजीमा धाउदै छ !!

जता ततै जुवाको खाल बस्न थाल्यो धनी काहाँ !

हली दाइ दक्षिना नहुनाले उधारो तिहार मनाउदै छ !!

सुट पाइट सिलाइ सके तिहारलाई साथी संगी दौतारिले !

ढाक्रे आफ्नो ढाकरले च्यातेको दौरा टालेर लाउदै छ!!

सुख काट्ने सुखिलाई सधैभरी ऐस आराम मात्रै थपिने !

जति दुख गरे पनि किन दुखीलाई दुख मात्रै खानाउदै छ !!

घर आगन कोठा कोठा रङ्गीन बतिले सजिदैछ शहरमा !

पाटी पैवामा बस्नेहरु आकाशको तारा हेरी टोलाउदै छ !!

"बिकाश" (घायल )

Tuesday, October 25, 2011

"मलाई फेरी आज"


जिउन नचाहदा नचाहदै बध्याता म जिउनु पर्‍यो

अतितका कथाहरु सकी नसकी अनास्य भुल्नु पर्‍यो

दर्दर पिडाहरु मन भित्र पकाउदै

छिद्र दात देखाएर हाँस्दै हिंड्नु पर्‍यो

मनको आशा जलौदै गह भरी आशु लिइ

मिर्तुको ख्याल ले भनु या आफ्नै भुलले

आज उनको साथ गुमाउनु पर्‍यो

को हो को हो कता कता कस्को यादले

बर बरती आशु झर्दै महिले मुटु फुटाहुनु पर्‍यो

आशाका कोपिला फुलाउने हरुले बिदा माग्दा

मन भित्र आगो लगाइ थामिएर बाच्नु पर्‍यो

यसैको कारणले होला सबै संसार पागल देख्नु पर्‍यो

जिउन नचाहदा नचाहदै बध्याता म जिउनु पर्‍यो

अतितका कथाहरु सकी नसकी अनास्य भुल्नु पर्‍यो

"बिकास" (घायल)

बिछोड


उज्यालो को प्रतिक्षा गर्दा गर्दै

अन्धकार मा पो रोमलिन पुगेछु

मायालु को आशा गर्दा गर्दै

पराइ पो हुन पुगेछु

सुखमय संसारको कल्पना गर्दा गर्दै

दु :खको रणभुमि मा पो ढल्न पुगेछु

भबिस्यको निर्माण गर्दै गर्दै

सपना मा नै पो अन्त्य हुन् पुगेछु

उनकोसाथ अजम्बरी जीन्दगी बिताउने चाहाना गर्दा गर्दै

यो संसार लाई नै छोडेर लास पो बन्न पुगेछु

बिकाश घायल

Friday, October 21, 2011

टुक्रिएको मुटुको बेदना


तिमी बाहेक अन्त माया मैले गास्न सकिन

पारि दियौ टुक्रा टुक्रा मुटु कैले हास्न सकिन

::::::::::::::::::::::::::::::::::::::::::::

हजारौले जुनी भर साथ दिन्छु भन्दा पनि

कसैलाई पनि हिर्दय भित्र टास्न सकिन

::::::::::::::::::::::::::::::::::::::::::::

तिम्ले पीडाका भारी बोकाएर गए पनि

तिम्रो त्यो चन्द्र रुपी तस्बिर नास्न सकिन

::::::::::::::::::::::::::::::::::::::::::::

तिमी पराइको डोलीमा सजिएर जादा पनि

हात खोपी लेखेको तिम्रो नाम तास्न सकिन

बिकाश (घायल )

Thursday, October 20, 2011

"मलाई फेरी आज"


जिउन नचाहदा नचाहदै बध्याता म जिउनु पर्‍यो

अतितका कथाहरु सकी नसकी अनास्य भुल्नु पर्‍यो

दर्दर पिडाहरु मन भित्र पकाउदै

छिद्र दात देखाएर हाँस्दै हिंड्नु पर्‍यो

मनको आशा जलौदै गह भरी आशु लिइ

मिर्तुको ख्याल ले भनु या आफ्नै भुलले

आज उनको साथ गुमाउनु पर्‍यो

को हो को हो कता कता कस्को यादले

बर बरती आशु झर्दै महिले मुटु फुटाहुनु पर्‍यो

आशाका कोपिला फुलाउने हरुले बिदा माग्दा

मन भित्र आगो लगाइ थामिएर बाच्नु पर्‍यो

यसैको कारणले होला सबै संसार पागल देख्नु पर्‍यो

जिउन नचाहदा नचाहदै बध्याता म जिउनु पर्‍यो

अतितका कथाहरु सकी नसकी अनास्य भुल्नु पर्‍यो

"बिकास" (घायल)

माया गरे जसलाई


माया गरे जसलाई उहिनै पराइ भई दियो

जीन्दगी सम्झे जसलाई उहिनै अरुको भैदियो

चाहना थियो सबैको सामु तिम्रो सिउदो सजाउने

रहर थियो जीन्दगी भरि तिम्रो साथ बिताउने

साचो माया गर्छु भनि बिश्वास दिननसक्नु भुल रहेछ मेरो

मायाको भावले मन जित्न नसक्नु दोष रहेछ मेरो

अरुको नामको सिंदुर पोते लगाए पनि

माया मेरो हुन्छ पवित्र तिम्रो लागि

खुशी दियोस उसले म भन्दा बेशी

हेर्ने छु उसको मायामा म आफ्नो मायाको छाया

जीवन खुशीले रहोस तिम्रो सदैब

अमर रहोस माया तिमी दुइको

यहि छ शुभकामना म दु:खी म दु :खीको

माया गरे जसलाई उहिनै पराइ भई दियो

जीन्दगी सम्झे जसलाई उहिनै अरुको भैदियो

उही नै पराइ भई दियो

उहिनै अरुको भईदियो

....... बिकाश (घायल ).....

Wednesday, October 19, 2011

जिन्दगीको फल


तिमी लाई माया गरि ठुलो भुल गरे मैले

हतारको निर्णय फुर्सदमा पछुताय अहिले

जिन्दगीको चाहना लाई धेरै टाढा उडाई दिए

तिमी लाई सम्झदा अरुलाई नै बिर्सिदिए

तिम्रो निम्ति घाटी रेट्न तयार हुदा खेरि

अबिस्वश्को प्रस्ताब तिमी ल्याउन खोज्थ्यो

संसारको सबै भन्दा बढी माया गर्दा खेरि

मलाई तड्पाई तड्पाई अरुलाई नै रोज्थ्यो

पेसा रैछ तिम्रो, चोखो मायालाई घात गर्नु

दुनियाको सामु बनायौ मलाई बाच्नु न मर्नु

कस्तो रएछ तिम्रो मन चोखो माया नचिन्ने

मलाई जिउदो लास बनाई अरु संग हिड्ने

सोचेनौ कती दुख्यो यो मुटुमा चोट लीइ जिउदा

कती गह्रो भयो होला महिले एक्लै आशु पिउदा

मदिराको नशा दियो त्यही नशाको साथ लाग्यो

आजभोली तिम्रो भन्दा उसकै माया धरै लाग्यो

भट्टीतिर डुल्दा खेरि कति रात त्यतै बिते

तिमीले माया गरेको भए मान्छे बन्ने थिए

तिमी लाई माया गर्नु मेरो ठुलो भुल थियो

त्यहि मायाको बद्ला मदिराको मूल दियौ

साथी सङी सबै सित मेरो बारे सोध्छौ अरे

साझ पर्दा निहुपारी भट्टीको बाटो हिड्छौ अरे

मलाई माया गर्छौं भने तिमी पनि भट्टी खोल

पिउन आउने क्रम मा फेरी आखा जुध्न सक्छ

तिमी लाई पाए भने मेरो बानी छुट्न सक्छ

"बिकाश" ( घायल )

बाचेको छु म


आँसुको सागरमा डुबेता पनि

बिहानिको फुल संगै हाँसेको छु

मुटुमा असाय चोट र पिडा भए पनि

यिनैलाई साथी मानी बाँचेको छु

आसाको दियो हुरिले निभाएता पनि

दियो बाल्न तेल मैले साचेको छु

इक्ष्या र अकक्ष्याहरु खाडल्मा पुरियता पनि

भाग्य कोर्ने बिधाता लाई सम्झिएर बाचेको छु

जिन्दगीको गोरेटोमा असफलता मात्रै मिले पनि

सफलताको एक छेडलाई धैरेता साथ कुरेको छु

हरेक पल उदास रहेपनि

उत्साह र उमङ्गको प्रतिक्षयामा बाँचेको छु

बाच्ने इच्छा छैन मेरो

किन होला कुनी

जहाँ जन्छु भिरैमा खस्छु

कस्तो पहेछु जुनी

"बिकास" (घायल)

"जीन्दगी"


जिन्दगी आकाशिदो चंगा हो

जुनसुकै बेला पनि चुड्न सक्छ

जिन्दगी शिसै शिशाको घर हो

जहिले पनि फुट्न सक्छ

जिन्दगी बर्षाको खहरे भेल हो

जहिले सुकै सुक्न सक्छ

जीन्दगी एक जीवन यात्रा हो

बाटोमा जे पनि भेट्न सक्छ

जिन्दगी एक मिर्ग तिर्शना हो

त्यासलाई भेटाउने खोजीमा तडपिना पनि सक्छ

जिन्दगी कल कल बगेको झरना हो

निर्मल र गति सिल हुदै बग्नु पर्छ

जिन्दगी पहरा मा फुलेको फुल हो

कठोर परिस्थितिमा पनि फुल्न सक्नु पर्छ

जिन्दगी एक रंग मन्च हो

आफ्नो भूमिका अनुरुप कार्य गर्नु पर्छ

"बिकाश" (घायल)