
पहाडको छोरो भनि गीत गाउनु कसरी खै
ढाका टोपी यो शिरमा अब लाउनु कसरी खै ||
जहाँ जान्छु आज भोलि मधेशको कुरा आउछ
हाम्रो पनि अलिकति भाग पाउनु कसरी खै ||
कालो गोरो छाला फरक सोच्ने हरु धेरै यहाँ
हामी एकै जनता भनि मुख बाउनु कसरी खै ||
राष्ट्र सेवा गर्ने धोको मलाइ पनि लागेको हो
जंगी अड्डा हाम्रो भनि हामी धाउनु कसरी खै ||
एउटा सिंगो राष्ट्र हाम्रो दुई टुक्रा भए पछी
लेक बाट बेँसी तिर अब आउनु कसरी खै ||
घर मेरो पहाडमा जग्गा चै छ तराइमा
पाहाडीको गोरुले त्यो खेत साउनु कसरी खै||
विरताले भरिएको राज्य हाम्रो ध्वस्त हुँदा
अब हामी बिर भनी खुशी छाउनु कसरी खै ||
"बिकाश "(घायल)
0 comments:
Post a Comment