
मेरो माया चटक्कै मारेर गयौं रातो डोलीमा l
चरीले झैँ बसाइ नै सारेर गयौं रातो डोलीमा ll
हात समाई मायाको सागर संगै तर्ने भन्दै l
मलाई वारी घाटमै झारेर गयौं रातो डोलीमा ll
सातै जुनी चखेबा जोडी झैँ बिताउने हो भनी l
आज एक्ले बर झैँ पारेर गयौं रातो डोलीमा ll
तिमी मेरो दिलको राजा हो भनि कसम खाएर l
भेट्न जाने बाटो नै बारेर गयौं रातो डोलीमा ll
जिन्दगीमा खुसीको सुनामी ल्याउने छु भनेर l
घाइते पारि मुटु नै फारेर गयौं रातो डोलीमा ll
"बिकाश"(घायल)
0 comments:
Post a Comment