.


.

aaaaaaaaaaaa

  • Bikash Shah

    दु:खनै दु:ख हो जिन्दगी !सुख त केवल सपना मात्र हो! आँशु नै आँशु हो जिन्दगी ! हासो त केवल कल्पना मात्र हो !

  • Bikash Shah

    पहाडको छोरो भनि गीत गाउनु कसरी खै ढाका टोपी यो शिरमा अब लाउनु कसरी खै ||

  • सुख भए साथ हुने

    सुख भए साथ हुने दु:ख हुँदा गुफा पस्ने रैछौ तिमी दुई दिन माया गर्ने अलि पछी छुरा धस्ने रैछौ तिमी || आफ्नो स्वार्थ हुँदा सम्म आकाशको तारा पनि झार्ने भन्यौ स्वार्थ पुरा भए पछी काली नाग जस्तो डस्ने रैछौ तिमी ||

Sunday, November 6, 2011

"जति माया तिमी गरछ्यौ"

जति माया तिमी गरछ्यौ झन माया बढ्दो रैछ

गुलावी ओठ चुम्न खोज्दा जवानी नै चढ्दो रैछ



सपनिले बिउझाइ, तिम्रै काखमा निदाए पछि

दु्ःख पनि हटिजाने तिम्रै साथमा बिताए पछि

मेरो रिस आँधी बन्दा मुस्कुराएर हेरी दिन्छौ

मेरो बाबा के भो भन्दै अँगालोमा बेरी दिन्छौ



तिम्रो नजरमा नजर जुध्दा मुटु झन गढ्दो रैछ

गुलावी ओठ चुम्न खोज्दा जवानी नै चढ्दो रैछ



जति माया तिमी गरछ्यौ ै झन माया बढ्दो रैछ

गुलावी ओठ चुम्न खोज्दा जवानी नै चढ्दो रैछ


सरस्वती कै बास छ की तिम्रो त्यो बानी भित्र

तिमा बिना छटपटीरहन्छु माछो छैन पानी भित्र

सधै भरी बसी रह्यौ नबिझाइ आँखा भित्र

तिम्रा गुन गुनाइरहे यो सुरीलो भाखा भित्र


बैशाखी बन्यौ जिवनमा तिमी बिना लड्दो रैछ

गुलावी ओठ चुम्न खोज्दा जवानी नै चढ्दो रैछ


जति माया तिमी गरछ्यौ झन माया बढ्दो रैछ

गुलावी ओठ चुम्न खोज्दा जवानी नै चढ्दो रैछ

"दिलिपकुमार मल्ल "( प्रिन्स )

0 comments: