.


.

aaaaaaaaaaaa

  • Bikash Shah

    दु:खनै दु:ख हो जिन्दगी !सुख त केवल सपना मात्र हो! आँशु नै आँशु हो जिन्दगी ! हासो त केवल कल्पना मात्र हो !

  • Bikash Shah

    पहाडको छोरो भनि गीत गाउनु कसरी खै ढाका टोपी यो शिरमा अब लाउनु कसरी खै ||

  • सुख भए साथ हुने

    सुख भए साथ हुने दु:ख हुँदा गुफा पस्ने रैछौ तिमी दुई दिन माया गर्ने अलि पछी छुरा धस्ने रैछौ तिमी || आफ्नो स्वार्थ हुँदा सम्म आकाशको तारा पनि झार्ने भन्यौ स्वार्थ पुरा भए पछी काली नाग जस्तो डस्ने रैछौ तिमी ||

Thursday, November 17, 2011

"जिउदै लास हुनु के जिन्दगी "


सदानै दास हुनु के जिन्दगी


जिउदै लास हुनु के जिन्दगी



रातादिनै नङ्ग्रा ख्याउदा पनि


पाटीकै बास हुनु के जिन्दगी



दुखको भारी बिसाउन खोज्दा


पिडाकै रास हुनु के जिन्दगी



सच्चा त्यो कुरा बोल्दा आफ्नै


गरिमा नास हुनु के जिन्दगी



पौरखचै मैले गर्ने खुशी जति


उसकै पास हुनु के जिन्दगी



"बिकाश "(घायल )

1 comments:

Anonymous said...

खाटो बसेको घाउ यो मेरो ,बल्झाउन आउछ्यौ किन
रोजिसकें जीवनयात्रा .अल्झाउन आउछ्यौ किन !
फूलसरी माया दिएँ ,वैगुनिलाई भयो काँडा
पत्थर शिला उठाएर .वज्र प्रहर गर्छौ किन ,
रोजिसकें जीवन यात्रा , अल्झाउन आउछौ किन !
बाँचेकै छु घिटी घिटी,सक्छौ आऊ जलाउन
प्यास छ अरु कसैलाई , तिमि खोलि धाउछौ किन
खाटो बसी सक्यो घाउ ,बल्झाउन आउछौ किन
रोजिसकें जीवन यात्रा , अल्झाउन आउछौ किन!!!