-
Bikash Shah
दु:खनै दु:ख हो जिन्दगी !सुख त केवल सपना मात्र हो! आँशु नै आँशु हो जिन्दगी ! हासो त केवल कल्पना मात्र हो !
-
Bikash Shah
पहाडको छोरो भनि गीत गाउनु कसरी खै ढाका टोपी यो शिरमा अब लाउनु कसरी खै ||
-
सुख भए साथ हुने
सुख भए साथ हुने दु:ख हुँदा गुफा पस्ने रैछौ तिमी दुई दिन माया गर्ने अलि पछी छुरा धस्ने रैछौ तिमी || आफ्नो स्वार्थ हुँदा सम्म आकाशको तारा पनि झार्ने भन्यौ स्वार्थ पुरा भए पछी काली नाग जस्तो डस्ने रैछौ तिमी ||
Monday, January 23, 2012
भोकमा भात पाइन
भोकमा भात पाइन ll
म एक्लो हुदा खेरी
कसैको साथ पाइन ll
मन उड्दा भुवा सरि
बुझाउने बात पाइन ll
जीवन यो औंशी रैछ
चाँदनी रात पाइन ll
कस्तो हो जवानी खै
मैले त मात पाइन ll
!! " बिकाश"(घायल)!!
Monday, January 16, 2012
देह ढलेको
देह ढलेको देख्ने को होला ||
मनको तापले यो अंग अंग
मेरो बलेको देख्ने को होला ||
आफ्नै भाग्यले आफैलाई नै
सधै छलेको देख्ने को होला ||
दुई आँखा बाट सधै आँशुको
बाढी चलेको देख्ने को होला ||
दिल जलेको देख्ने को होला
देह ढलेको देख्ने को होला ||
बिकाश घायल
यो शिरमा ढाका टोपी
यो शिरमा ढाका टोपी लगाएर मर्न पाउँ
देश द्रोही बैरी सारा भगाएर मर्न पाउँ ||
आगोसरी फैलिएको हत्याहिंसा अन्त्यगरि
शान्तिका ति मन्त्रहरु जगाएर मर्न पाउँ ||
रगतको होली खेल्छु भन्ने सामु अब मैले
विवेकको भेल बाढी बगाएर मर्न पाउँ ||
आफ्नो सारा हाँसोखुशी थातीराखी शान्ति खोज्दै
बुध्द मार्ग हिड्ने लाई सघाएर मर्न पाउँ ||
भोका नाङ्गा ति जनताको पेट भरि घर दैलो
आँगनी'मा हाँसो खुसी सजाएर मर्न पाउँ ||
बिकाश (घायल)
गामक गेडी भिडन्त
तिम्रो माया मेरो यो मुटु भित्र गाडिदा
झर्छ आँशु खै भेट्ने दिन हरु टाडीदा
आँशु धाराले
मर्ने भयो यहि पाराले ||(१) (बिकाश घायल )
मेरो माया तिमीलाई बिछाउने काडा भो )
नचाहेर भनुँ कि चाहेर नै टाढा भो
रुन्छ यो मन
कसो गरी बुझाउ भन्|| (२) (कल्पना अवस्थी
तिम्रो माया राखे छु यहि मुटु कुनामा
त्यहि भएर परेछु म मायाको थुनामा
मन रुन्छ नी
तिम्ले आफै बुज्दा हुन्छ नी ||(३) (बिकाश घायल )
चोखो माया लाएर भयो आज यो घात
बिन्ती मलाई नसुनाऊ बिछाउने ति बात
माया गरेर
बिजोग भो भर परेर ||(४) (कल्पना अवस्थी)
सधै भरि रगाउने छु त्यो तिम्रो सिउदो
जब सम्म हुने छु धर्तीमा म जिउदो
कुरा मानेनौ
विश्वाश गर्न जानेनौ ||(५) (बिकाश घायल )
गरेको थेँ बिश्वास तिम्रो सबै कुरामा
गला मेरो रेट्याै नि धार लाग्ने छुरामा
जिउँदै मार्यो
यो मायाले घाईते पार्यो || (६) (कल्पना अवस्थी)
तिम्रो माया राखे थे बचनले बानेर
पुगेन है राख्दा नी देवी जस्तो मानेर
बानी गएन
जती गर्दा पनि भएन ||(७) (बिकाश घायल )
बर्खा लागे जसरी गयाै तिमी बगेर
दोष दिन्छु भाग्यलाई एक्लो पर्यो ठगेर
दु:ख पाएसी
झुटो कसम त्यसै खाएसी|| (८) (कल्पना अवस्थी )
मेरो रहर थिएन बस्न आँशु पिएर
तिम्रो पिरले गाको छु फाली सरी खिएर
मुटु चर्किन्छ
सम्झ्यो भने आँशु दर्किन्छ ||(९) (बिकाश घायल )
गमक गेडी
तिम्रो माया मुटुमा झन झन सारो भो
आँशु दर्केर
आउ कि क्यारे घर फर्केर(१)
मेरो पनि यो ज्यान सुक्दै सुक्दै गाको छ
कहाँ देखौ र कहाँ भेटौ झैँ पो भाको छ
दिन जुरेर
बसी रा'छु बाटो कुरेर (२)
तिमीलाई नी गारो मलाई नी त्यस्तै भो
आउछु घर सम्पति भन्ने कुरा यस्तै हो
आउने दिनत
आउछौ होला मलाई लिनत (३)
खाउला ढिंडो आफ्नै ति खेत बारी खनेर
साथमा नै बसौला जोडी ढुकुर बनेर
घर जमौला
जे छ हाम्रो त्यसैमा रमौला (४)
बिकाश (घायल)
गमक गेडी
तीन फन्को घुमेर आको चण्डी थुमिमा
सारै दु:ख पाए यो बिदेशीको भूमिमा
आँशु तरर,
गाउँ सम्झी रुन्छु धरर ( १)
सधै भरि साहुको गालि मात्रै सुन्दानी
झर्छ आँशु हातले दुई आँखा थुन्दानी
पाले बसेर ,
दु:ख पायौं एक्लै बसेर (२)
खुशी हुन्न चौबिसै घण्टा काम गर्दा नी
कोहि छैन बिचार भने यहाँ मर्दा नी
टोपी शिरमा ,
बस्नु पार्यो सधै पिरमा (३)
अब आफ्नै गाउँको सेवा गर्न जाने हो
साग सिस्नु जे हुन्छ मिलिजुली खाने हो
तिम्रो भरमा ,
फर्की आए आफ्नै घरमा (४)
"बिकाश"(घायल)
रुपक गेडी
गर्वमा नै कुहिने भयो मेरो चाहना
किन छोड्न गर्दैछौ घरि घरि बहाना
अति भो ,
अब मेरो बिग्रने मति भो (१)
मेरा चाह हुने भो एका देशको काहानी
सधै भरि रोएर बित्ने भो जवानी
बाचिछौ ,
लार्के बैस किन साचिछौ (२)
गयो तिमी म संग सधै भरि तर्केर
कुरी राछु आउछौ कि कुनै दिन फर्केर
पासामा ,
बचेको छु तिम्रै आशामा (३)
तिम्रो लागि म भने रानी बन धाउने
तिमी किन जहिले अन्तै माया लाउने
खोलीमा ,
जाने भयौं रातो डोलीमा (४)
"बिकाश "(घायल)
Thursday, January 5, 2012
"घात गर्नु थियो भने"
घात गर्नु थियो भने माया तिम्ले गर्यौ किन ?
तड्पिएर बाँचेको थे बर्षा बनि झर्यौ किन ?
बेबारिसे भएपनि खुशी थिए जिन्दगीमा
आखिर् छोडी जानु थियो दिलभित्र सर्यौ किन ?
जीवनभर बास्ना छर्न नसक्ने नै भएदेखि
दुई दिन बसाउने त्यो सुबास छर्यौ किन ?
अन्धकार त्यो संसार नि मनोरम थियो मलाई
रोशनी दिन नसकनेले आशा मात्र भर्यौ किन ?
नदेख्दा त मेरो यो मन बुझाए कै थिए मैले
बिनाअर्थ घायल यो दिलको सामु पर्यौ किन ?
"बिकाश"(घायल)