
यो शिरमा ढाका टोपी लगाएर मर्न पाउँ
देश द्रोही बैरी सारा भगाएर मर्न पाउँ ||
आगोसरी फैलिएको हत्याहिंसा अन्त्यगरि
शान्तिका ति मन्त्रहरु जगाएर मर्न पाउँ ||
रगतको होली खेल्छु भन्ने सामु अब मैले
विवेकको भेल बाढी बगाएर मर्न पाउँ ||
आफ्नो सारा हाँसोखुशी थातीराखी शान्ति खोज्दै
बुध्द मार्ग हिड्ने लाई सघाएर मर्न पाउँ ||
भोका नाङ्गा ति जनताको पेट भरि घर दैलो
आँगनी'मा हाँसो खुसी सजाएर मर्न पाउँ ||
बिकाश (घायल)
0 comments:
Post a Comment